नेभिगेशन
मुख्य समाचार

भोटेकोशी बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमाः मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको सवालको जवाफ दिँदै मन्त्री खड्काले यस बाढीबाट क्षति पुगेका चिलिमे, देवीघाट, त्रिशूली, सूर्यकुण्ड, बुद्धभूमि,  अपरमौलुङलगायतका कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजना सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले ६० मेगावाट क्षमताको त्रिशूली  ‘ए’ जलविद्युत् आयोजना केही दिनमा नै सञ्चालन हुने जानकारी गराए । 

City Express

यस्तै बढी क्षमताका आयोजनालाई चाँडो सञ्चालनमा ल्याउन काम सुरु भइसकेको मन्त्री खड्काको भनाइ थियो ।  

“सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना संरचनालाई सञ्चालनमा ल्याउन केही समय लाग्छ”, उनले भने, “बाढीबाट उक्त आयोजनामा बढी क्षति पुगेको थियो । यसको ‘हेडवर्कस’मा पूर्णरुपले क्षति पुगेको छ । यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिसकेका छौँ ।” 

सभाको अघिल्लो बैठकमा मन्त्री खड्काले रसुवा बाढीबाट त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका विद्युत् आयोजना र प्रसारण संरचनामा गम्भीर क्षति हुँदा त्यसबाट करिब २६० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा विच्छेद रहेको जानकारी दिएका थिए । उनले अहिले उक्त क्षेत्रमा बाढीको बहाव केही घट्दो क्रममा रहे पनि जोखिम यथावत् रहेको भन्दै सचेत रहन आग्रह गरे । 

विस्तृत अध्ययन तथा मूल्याङ्कन कार्य अघि बढाइएको जानकारी दिँदै मन्त्री खड्काले सावधानीका सबै उपाय अवलम्बन गरेको उल्लेख गरे । “पूर्वसूचना प्रणालीलाई थप प्रविधिमैत्री, सक्रिय र प्रभावकारी बनाउँछौँ, उनले भने, “हिमतालको जोखिम मूल्याङ्कन तथा अनुगमनलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रूपन्देहीमा डुबेर एक बालकको मृत्यु

रूपन्देहीमा डुबेर एक बालकको मृत्यु

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ ।  बिहीबार सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुबेका थिए । जिल्ला...
जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार...
सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको कांग्रेस नेता सिटौलाको ठोकुवा

सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको कांग्रेस नेता सिटौलाको ठोकुवा

बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको मौजुदा संविधान र यसका चूनौतिहरु बिषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकाय समेत पछि हटेको अवस्थामा राष्ट्रपतिको...
संविधान दिवसको दिन राष्ट्रपति भवनमा नेताहरुको जमघट (तस्बिरहरु)

संविधान दिवसको दिन राष्ट्रपति भवनमा नेताहरुको जमघट (तस्बिरहरु)

संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत  पूर्वराष्ट्रपतिहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत विभिन्न...