नेभिगेशन
समाज

स्याफ्रुबेँसी–रसुवा सडकखण्डको ९० प्रतिशत मर्मत कार्य सम्पन्न

रसुवा । स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम सम्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १४ किलोमिटर सडकमार्गको अधिकांश भाग प्रभावित भएपछि सडक विभागसहित सम्बद्ध अन्य निकायसमेतको सहयोग र सहकार्यमा सडक मर्मतको  कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो ।  

Ncell
Extreme Energy

तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण बिग्रेको सो सडकखण्डको मर्मतको काम करिब अन्तिम चरणमा पुगेको सो राजमार्ग सडक सुधार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजना, स्थानीयस्तरमा सञ्चालित केही जलविद्युत् आयोजना र स्थानीय तह समेतको सहयोग र सहकार्यमा राजमार्ग खुलाउने काम तीव्र गतिमा भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए । 

सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार ‘लिङ्लिङ’ भीरबाहेक अन्य स्थानमा सडकको अवरोध हटाउने काम सम्पन्न भएको, विपद् व्यवस्थापनअन्तर्गत अहिले सडक खुलाउने काम करिब ९० प्रतिशत पूरा भएको, यही असार ३२ गते बुधबार साँझसम्म लिङ्लिङको ‘ट्र्याक’ खुलाउने प्रयास भइरहेको र यथासक्य चाँडो सडक सञ्चालन गरी भयभित जनजीवनलाई सामान्य अवस्थामा फर्काउन अहिलो यहाँ सबै एकजुट भएको अवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका क्रममा यथासक्य चाँडो राजमार्ग खुलाउन निर्देशन दिएसँगै स्थानीय प्रशासन, सुरक्षा निकाय, सडक सुधार आयोजना तथा स्थानीय तह समेतको सहयोग र सहकार्यमा तीव्र गतिमा काम भइरहेको स्थानीय नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उनले भने, “अकल्पनीय बाढीका कारण जनजीवन त्राहीमाम भइरहेको अवस्थामा यति छिटो राजमार्ग खुल्ला भन्ने कल्पना समेत गरेका थिएनौँ । प्रधानमन्त्रीज्यूको निर्देशनपछि सडक मर्मतको काम द्रुतगतिमा अघि बढ्दा राहतको महसुस भएको छ । रसुवागढीस्थित टिमुरे क्षेत्रमा खाद्यान्न तथा तरकारी र औषधिको आपूति सहज भई जनताले राहत पाउने भए । अब बिरामी परिहाले पनि आत्तिनुपर्ने अवस्था छैन । रसुवावासीका तर्फबाट सडक मर्मतमा संलग्न सबैलाई धन्यवाद भन्न चाहन्छु ।”

बाढीका कारण अवरुद्ध भएको विद्युत् तथा टेलिफोन सेवा सञ्चालन भएको, सो राजमार्गअन्तर्गत विभिन्न ठाउँमा चुँडिएका तार जोड्ने काम भइरहेको र शान्ति सुरक्षालाई प्राथमिकता दिएकोे रसुवाका प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए । 

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार  रसुवागढीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा ‘पार्किङ’ गरी राखेको ३० वटा नेपाली कन्टेनर बाढीका कारण डुबानमा परेकामा २६ वटालाई  निकालेको र बाँकी चारवटा कन्टेनरलाई पनि निकाल्न चिनियाँ पक्षबाट काम भइरहेको छ ।   
 
टिमुरेस्थित भन्सार ‘यार्ड’मा राति बाढी पस्दा ४० वटा मालवाहक डिब्बा बगाएको जानकारी दिँदै स्थानीय व्यवसायी वाङछिरिङ तामाङले क्षतिको यथार्थ विवरण लिई बाढी पीडित व्यवसायीलाई राहतको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभयो । असहज परिस्थितिका बाबजुद करिब ९० प्रतिशत सडक मर्मतको काम यति छिट्टै पूरा गरेकामा सरकारलाई धन्यवाद दिँदै बाढीपीडित रहनुभएका तामाङले अभिभावकका हैसियतले राज्यबाट आवश्यक साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।
सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकको हैबुङतर्फको भागमा पहिरो जाँदा धाप बाँध जोखिममा परेको छ ।