नेभिगेशन
समाज

मादीनदी पुलको काम अन्तिम चरणमा

तनहुँ । मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन९पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । “उक्त पुलमा छ वटा स्पान हुनेछ । तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो”, उनले भने । 

Ncell
Extreme Energy

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए ।

“मुग्लिन९पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पूर्वी खण्डअन्तर्गत सडकको काम ८६ प्रतिशत सकिएको छ । आँबुखैरेनी९जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर कालोपत्र सकिएको छ”, उनले भने । 

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

पूर्वी खण्डको ठेक्का म्याद असार २९ गते सकिएको छ । केही काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको पाण्डेले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४०५ कायम भएको...
पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् ।
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।

भर्खरै