नेभिगेशन
समाज

महानागर यातायातले सुरु गर्यो विद्युतीय वस सेवा

काठमाडौँ । महानगर यातायात प्रालिले विद्युतीय वस सेवा सुरु गरेको छ । प्रालिले आजैदेखि काठमाडौंको चक्रपथमा गुड्ने गरि चेरी एण्ड वण्डा ब्राण्डको १२ वटा विद्युतीय सिटी वसको सेवा सुभारम्भ गरेको हो । चिनीयाँ वस उत्पादक कम्पनी चेरी एण्ड वण्डाको नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रा.लि. ले आज काठमाडौंमा आयोजित एक समारोहमा महानगर यातायातलाई वसको चावी हस्तान्तरण गरेको छ ।
 
सो अवसरमा विद्युतीय वस सेवाको औपचारिक उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले महानगर यातायातले सार्वजनिक यातायातको क्षेत्रमा गरेको पहल सह्रानीय भएको बताए । काठमाडौंमा साना सवारी साधनहरुलाई दुरुत्साहन गरि यस्ता ठूला वसहरुलाई प्रोत्साहन गर्नु आफ्नो प्राथमिकता रहेको भन्दै मन्त्री दाहालले महानगर यातायातलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको प्रतिवद्धता ब्यक्त गरे । सार्वजनिक यातायात र सडक पूर्वाधारको स्तर उन्नतीतर्फ आफू केन्द्रित रहेको उनको दावी थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा महानागर यातायात प्रा.लि. का कार्यकारी अध्यक्ष सन्तोष खतिवडाले विश्वब्यापी रुपमा आइरहेको विद्युतीय गाडीको लहर र नेपालको सन्दर्भमा त्यसको ब्यवहारिक पक्षको अध्ययन पश्चात विद्युतीय वसहरु भित्र्याएको जानकारी दिए । अहिले सेवा सुभारम्भ गरिएका विद्युतीय वसहरु नेपालको सडक पूर्वाधार सुहाउँदो भएको र निकट भविष्यमै यस्ता विद्युतीय वसहरुको संख्या बढाउने योजनामा रहेको अध्यक्ष खतिवडाको भनाइ थियो । उनले विद्युतीय बसहरु वातावरण मैत्री र यात्रु मैत्री मात्रै नभएर ब्यवसायीका लागि समेत लाभदायी हुने विश्वास पनि ब्यक्त गरे ।
 
कार्यक्रममा शशीला मोटर्सका महाप्रबन्धक अशोकराज सुवेदीले महानगर यातायातलाई आज हस्तान्तरण गरिएको विद्युतीय सिटी वसहरु नेपालको पूर्वाधारको अध्ययन पश्चात मात्रै ल्याइएको जानकारी दिए । वस उत्पादक चिनीया कम्पनी चेरी एण्ड वण्डाको रिसर्च एण्ड डेभलपमेन्ट टिम नेपालमै आएर यहाँको बाटोघाटो अध्ययन गरेपछि नेपालकै लागि बनाइएको बस भएको हुनाले ब्यवसायीको हितमा र यात्रु मैत्री रहेको उनको दावी थियो । 

Ncell
Extreme Energy

आज देखि संचालनमा आएको उक्त विद्युतीय वस ८ दशमलव ६५ मिटर लम्बाइका छन् । जुन वसमा ३२ जना यात्रुका लागि आरामदायी सिटका साथै ३५ जना सम्म यात्रु उभिएर जम्मा ६७ जना यात्रु क्षमता रहेको छ भने चालकका लागि छुट्टै कुनै अवरोध नहुने गरि चालक क्याविनको ब्यवस्था गरिएको छ । वसमा अत्याधुनिक फोल्डिङ एडजस्टेवल आरामदायी सिट प्रदान गरिएको छ । चालक क्याविनमा दिइएको स्क्रिनमा वसमा भएका सम्पूर्ण गतिविधिहरु सात वटा सिसि टिभी क्यामरा मार्फत नियाल्न सकिने भएकोले सुरक्षित रहेको छ ।  

वसमा डवल एयर सप्सेन्सन रहेको हुनाले यात्रुहरुलाई आरामदायी यात्रा सुनिश्चित हुनेछ । जसले सडकमा भएका खाल्डा खुल्डीहरुमा पनि सजिलै यात्रा गर्न सकिनेछ भने यात्रुहरुलाई लामो दुरीको यात्रामा पनि कुनै थकान नहुने कम्पनीको दावी छ । 
दश वर्षदेखि काठमाडौंमा संचालित महानगर यातायातले यसअघि ८९ वटा वसमार्फत सेवा दिइरहेको थियो । विद्युतीय सेवा विस्तारसंगै महानगर यातायातको वस संख्या १ सय १ पुगेको छ । महानागर यातायातले यस अघि नै निकट भविश्यमै आफूलाई पब्लिक लिमिटेड कम्पनी बनाउने घोषणा गरिसकेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

मेडिकल व्यवसायी प्रसाईंमाथि साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्ति विरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न सरकारी वकिल कार्यालयमार्फत अदालतमा...
बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार...
जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

समितिले आज विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रुपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको छ। निस्सा...