नेभिगेशन
समाज

मिडिया विकासका लागि विश्व मंच (जिएफएमडि) को संचालक समितिमा पन्त निर्वाचित

काठमाडाैँ | मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त पत्रकारिता र मिडिया विकास संस्थाहरूको सबैभन्दा ठूलो विश्व समुदाय ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (जिएफएमडि) को संचालक समितिमा निर्वाचित भएका छन्। उक्त घोषणा बुधवार सम्पन्न जिएफएमडिको साधारणसभाबाट गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पन्तसहित आगामी ४ वर्षका लागि विभिन्न देश र क्षेत्रका १७ जना नयाँ निर्वाचित सदस्यहरूले जिएफएमडिको नेतृत्व गर्नेछन्। निर्वाचनमा यसपटक ५४ जनाले उम्मेदवारी दिएका थिए, जुन चार वर्षअघि सम्पन्न निर्वाचनको तुलनामा दोब्बर हो। जुन १२ देखि जुलाई १४ सम्म अनलाइनमा चलेको निर्वाचनमा  २१५ जना साधारण सदस्यहरूमध्ये ७६ प्रतिशतले मतदान गरेका थिए।  पन्त विश्वको सबैभन्दा ठूलो मिडिया विकास समुदायको संचालक समितिमा  निर्वाचित हुने पहिलो नेपाली बनेका छन्। 

Ncell
Extreme Energy

पन्त एक स्थापित सञ्चार विज्ञ तथा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात  मिडिया अधिकारकर्मी हुन्। पन्तले  जिएफएमडिमा एशिया, प्यासिफिक र ओसिनिया क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।   जिएफएमडिमा पन्तको यस नेतृत्वदायी प्रवेशले नेपाल तथा दक्षिण एशियाको मिडिया विकासको कार्यसूचीलाई प्रेस स्वतन्त्रता, मिडिया बहुलवाद, र पत्रकारहरूको सुरक्षासम्बन्धी विश्वव्यापी नीतिगत छलफलको केन्द्रमा पुर्‍याएको छ। समितिमा निर्वाचित भएपछि पन्तले भने, "मिडिया एक्सन नेपालको प्रतिनिधिका रुपमा मात्र नभई , एशियाली मिडिया समुदायको आवाजलाई मिडिया विकास, अभिव्यक्ति  र प्रेस स्वतन्त्रताको दिशा तय गर्ने  संस्थाहरूसँगको विश्व संवादमा पुर्‍याउन पाउनु मेरा लागि  ठूलो सम्मान हो।"

पन्तको नेतृत्वमा मिडिया एक्सन नेपालले अनुसन्धान, क्षमता अभिवृद्धि, मिडिया अधिकारको अनुगमन तथा पैरवीमार्फत स्वतन्त्र र जवाफदेही पत्रकारिताको संरक्षण गर्दै आएको छ। संस्था मिडिया फ्रीडम कोलिसन-कन्सलटेटिभ नेटवर्क , आकोस अलाइन्स, सूचना र लोकतन्त्रमंचको   नागरिक समाज कोलिसन, र जिएफएमडिको सदस्य हो। सन् २०२२ देखि २०२४ सम्म पन्तले  कन्सलटेटिभ नेटवर्कको निर्वाचित सहअध्यक्षको भूमिकामा रहेर प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका लागि ५१ सदस्य राष्ट्रहरू, १५० भन्दा बढी नागरिक संस्था र  युनेस्कोसँगको सहकार्य मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। जर्जियास्थित टिबिलिसी स्टेट युनिभर्सिटीमा  प्राध्यापनमा संलग्न  समेत रहेका पन्तले प्रेस स्वतन्त्रता, मिडिया  विकास र सूचना अखण्डतासम्बन्धी विश्वव्यापी नीति संवादहरूमा अग्रणी भूमिका खेल्दै आएका छन्।

नव-निर्वाचित संचालक समितिको चार वर्षे कार्यकाल नोभेम्बर २०, २०२५ मा मलेसियाको क्वालालम्पुरमा आयोजना हुने पहिलो बैठकबाट सुरु हुनेछ।  सो बैठकबाट  समितिले नयाँ अध्यक्ष, उपाध्यक्ष, र कोषाध्यक्ष चयन गर्नेछ, जसले कार्यकारी निर्देशक मीरा मिलोसेभिकसँग मिलेर जिएफएमडिको रणनीति निर्माण  र मार्गदर्शन गर्नेछन्।

 नवनिर्वाचित हुने सदस्यहरूमा पन्तसँगै अफ्रिकी महिला पत्रकारिता प्रवर्द्धनका अभियन्ता क्याथरिन गिचेरू (केन्या), नामिबिया मिडिया ट्रस्टकी कार्यकारी निर्देशक जोइ टाइटस,  युक्रेनको नेसनल युनियन अफ जर्नालिस्ट्सकी लिना कुशच, अमेरिकाको सेन्टर फर जर्नालिजम एंड लिबर्टीकी सञ्चालक कोर्टनी राड्सच, इन्टरनेसनल फ्याक्ट चेकिङ्ग सस्थाकी निर्देशक एन्जी होलान, क्यानडाको सेन्टर फर ल एण्ड डेमोक्रेसीका कार्यकारी निर्देशक टोबी मेन्डेल, स्वीट्जरल्यान्डको फाउन्डेसन हेरोंदेलकी क्यारोलिन वुइलेमिन, बेलायतस्थित आर्टिकल १९ की प्रमुख क्विन म्याक्यूलगायत छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

भर्खरै