नेभिगेशन
समाज

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

नेपाल र भारत विच रहेको खुल्ला सिमान केवल दुई देशका जनताहरुका लागि मात्र नभएर, दुई देशको सिमा क्षेत्रमा रहेको विभिन्न वन्यजन्तु संरक्षण निकुन्जहरुका वन्यजन्तुहरुले पनि यसको उपयोग गर्ने गर्दछन्  । नेपालको तराई भूभागका जंगल क्षेत्र भारतका जंगल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरुको आवगमन पनि निकै हुनेगर्दछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जंगली हात्तीको परम्परागत बसाइ सर्ने बाटो रहेको छ ।  
जहाँ हरेक बर्ष कयौं जंगली हात्तीहरु बसाईसराई गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन् । मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जंगली हात्तीहरुको परम्परागत बाटो मासिएको छ, जसको कारण मानिसहरुसँग उनीहरुको द्वन्द बढ्दो छ । खानेकुराको खोजी र बर्षाको पानीबाट बच्नका लागि यी हात्तीहरु बसाइँ सर्ने गर्छन् ।
प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठूलो भाले हात्ती हुन्छ, जसले बढीगार्डको काम गर्छ ।

Ncell
Extreme Energy

एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बुढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ र, उनीहरुलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ । हात्तीहरुलाई उनीहरुको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तु विचको द्वन्द र त्यसबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ, तर हाम्रो बाटोघाटो, नहर, खेती गर्ने जमिन आदि उनीहरुको बाटोमा परेको छ । हाम्रा पूर्वाधारहरु पनि वन्यजन्तु मैत्री छैनन् । जसले गर्दा द्वन्द न्युनिकरणमा समस्या परेको देखिन्छ ।

Elephant_Bardiya-National-Park_Sidhakura5-1763179335.jpg

Elephant_Bardiya-National-Park_Sidhakura7-1763179336.jpg

Elephant_Bardiya-National-Park_Sidhakura6-1763179336.jpg

Elephant_Bardiya-National-Park_Sidhakura9-1763179336.jpg

Elephant_Bardiya-National-Park_Sidhakura8-1763179336.jpg

Elephant_Bardiya-National-Park_Sidhakura10-1763179339.jpg

Elephant_Bardiya-National-Park_Sidhakura4-1763179335.jpg

Elephant_Bardiya-National-Park_Sidhakura-1763179334.jpg

Elephant_Bardiya-National-Park_Sidhakura3-1763179334.jpg

Elephant_Bardiya-National-Park_Sidhakura2-1763179334.jpg

Elephant_Bardiya-National-Park_Sidhakura1-1763179334.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...