नेभिगेशन
समाज

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ०८ प्रतिशत हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो। कात्तिक मसान्तसम्म विनिमय दरमा भएको नाफासमेतका कारण ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको हो।

Marvel
Extreme Energy

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत छ। कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ र आन्तरिक ऋण १४ खर्ब ४७ अर्ब ५९ करोड रुपैयाँ रहेको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल पाँच खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। कात्तिक मसान्तसम्म एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत हो।

कुल ऋण परिचालनको लक्ष्यमा आन्तरिक ऋणतर्फ चार खर्ब १० अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रुपैयाँ रहेको छ। कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ एक खर्ब २५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ। वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋणको ११ दशमलव ६२ प्रतिशत छ।

यस अवधिमा प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८ दशमलव ७५ प्रतिशत रहेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ। यसमध्ये आन्तरिक ऋणतर्फ दुई खर्ब ८५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ दुई खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ परिचालन गर्न बाँकी छ।

त्यस्तै, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। कात्तिक मसान्तसम्म एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ ऋण भुक्तानी भएको छ। यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो।

कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च दुई दशमलव १४ प्रतिशत रहेको छ। यस अवधिमा आन्तरिक ऋणको साँवा भुक्तानीमा एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।

आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि वार्षिक तीन खर्ब २८ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ। यसमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। वार्षिक विनियोजनका आधारमा साँवा भुक्तानीमा ४० दशमलव ६४ प्रतिशत र ब्याज भुक्तानीमा २३ दशमलव ४० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएकोमा कात्तिक मसान्तसम्म २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो।

यस अवधिमा वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा चार अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। वार्षिक विनियोजनका आधारमा वैदेशिक ऋणको साँवा भुक्तानीमा २४ दशमलव ०७ प्रतिशत र ब्याज भुक्तानीमा २४ दशमलव ९० प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् ।
यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देही परिसरबाट प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा दिएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ। फ्लाइ दुबईले दुई महिनाको अवधिमा दुबई–पोखरा–दुबई मार्गमा गरेको उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिएका छन्।
मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन

मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन

नेपाल आयल निगमले बजारको मागअनुसार खाना पकाउने एलपी ग्यासको आयात बढाउन उद्योगहरूलाई निर्देशन दिएको छ।