नेभिगेशन
समाज

यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

काठमाडौं। यातायात व्यवस्था कार्यालय रुपन्देही परिसरबाट प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिचौलियाका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आएपछि प्रहरीले ती बिचौलियालाई नियन्त्रणमा लिएको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ।

Marvel
Extreme Energy

मन्त्रालयको नेतृत्व सम्हालेसँगै यातायातसहित सबै क्षेत्रलाई बिचौलियामुक्त बनाउने अभियानमा दृढतापूर्वक आफूहरू लागिपरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

‘मन्त्रालयअन्तर्गत केन्द्रीय विभागबाट प्रवाह हुने सेवामा कुनै समस्या छैन, प्रदेश मातहतका कार्यालयहरूमा पनि सोही अनुसार सेवा प्रवाहको अपेक्षा छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्।

मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्तासम्बन्धी सेवालाई फेसलेस बनाउँदै अधिकतम सेवा अनलाइनबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको पनि उनको भनाइ छ।

‘चालु आर्थिक वर्षको सुरुवातदेखि लाइसेन्स र सवारी दर्तासम्बन्धी कामको सम्पूर्ण प्रक्रिया डिजिटल रूपमा अभिलेखीकरण गरिएको छ। सेवाग्राहीले आफै मेडिकल जाँचका लागि सेवा प्रदायक छनोट गर्न सक्ने र लाइसेन्स प्रिन्टको अवस्थासमेत अनलाइनबाटै ट्र्याक गर्न सक्ने व्यवस्था गरिएको छ। सेवाग्राहीले यातायातसम्बन्धी अधिकतम सेवा अनलाइनबाटै प्राप्त गर्न सक्नुहुनेछ,’ उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ। फ्लाइ दुबईले दुई महिनाको अवधिमा दुबई–पोखरा–दुबई मार्गमा गरेको उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिएका छन्।
मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन

मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन

नेपाल आयल निगमले बजारको मागअनुसार खाना पकाउने एलपी ग्यासको आयात बढाउन उद्योगहरूलाई निर्देशन दिएको छ।
यस हिउँदमा नेपालमा बढी वर्षा कि कम? मौसमी पूर्वानुमानमै देखियो मतभेद

यस हिउँदमा नेपालमा बढी वर्षा कि कम? मौसमी पूर्वानुमानमै देखियो मतभेद

यस वर्षको हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा हुन्छ कि कम भन्ने विषयमा अन्तर्राष्ट्रिय मौसमी पूर्वानुमानबीच मतभेद देखिएको छ।
मलद्वार र भित्री वस्त्रमा लुकाइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

मलद्वार र भित्री वस्त्रमा लुकाइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो ।