नेभिगेशन
समाज

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

एजेन्सी । इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीमा बाढी पसेको प्रहरीले बुधबार जनाएको छ । पश्चिम जाभाको बोगोर जिल्लास्थित खुला खानीमा सोमबार भारी वर्षापछि नदीको पानी पस्दा कामदारहरू फसेका हुन् ।

Marvel
Extreme Energy

पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानले उद्धार गर्न बाँकी रहेका २६ जना कामदारलाई सुरक्षित बाहिर निकाल्न संयुक्त टोलीले प्रयास गरिरहेको बताएका छन्।

उनका अनुसार वर्षायामको प्रतिकूल अवस्था र खानीभित्र पस्ने साँघुरो मार्गका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । खानीको उत्खनन सुरुङमा प्रवेश गरी कामदारको खोजी तथा उद्धार गर्न टोलीले सक्दो प्रयास गरिरहेको उनले बताए।

बाढी पस्नुअघि ११ जना कामदार भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।

खानीभित्र कामदार फसेको जानकारी अधिकारीहरूले मङ्गलबार मात्र पाएका थिए ।

दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा खानी दुर्घटना सामान्य मानिन्छन् । विशेषगरी अनुमति नलिई सञ्चालन गरिएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र त्यसको पालना नहुने भएकाले यस्ता दुर्घटनाको जोखिम बढी रहने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)...
यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देही परिसरबाट प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा दिएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ। फ्लाइ दुबईले दुई महिनाको अवधिमा दुबई–पोखरा–दुबई मार्गमा गरेको उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिएका छन्।
मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन

मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन

नेपाल आयल निगमले बजारको मागअनुसार खाना पकाउने एलपी ग्यासको आयात बढाउन उद्योगहरूलाई निर्देशन दिएको छ।