नेभिगेशन
समाज

बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा कार्की मुद्दा लिएर आए– महान्यायाधिवक्ता कँडेल

काठमाडौँ । महान्यायाधिवक्ता नारायणदत्त कँडेलले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले बर्खास्त नगरेको, बरु बढुवा गरेर प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको दाबी गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्कीले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको भन्दै दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा बहस गर्दै महान्यायाधिवक्ता कँडेलले यस्तो जिकिर गरेका हुन्।

Marvel
Extreme Energy

उनले कार्कीलाई कारबाही गरिएको नभई सरकारले उनको अनुभव र योग्यताको उच्च मूल्यांकन गरेर थप महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए। सरकारले विशेष परिस्थितिमा अनुभवी सुरक्षा सल्लाहकार आवश्यक ठानेर असल नियतले उनलाई उक्त जिम्मेवारी दिएको उनको भनाइ थियो।

‘उहाँ त मुद्दा लिएर होइन, लड्डु लिएर आउनुपर्ने हो,’ कँडेलले बहसका क्रममा भने, ‘बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा मुद्दा लिएर अदालत आउनुभएको छ।’

सुरक्षा परिषद्मा प्रहरीको प्रतिनिधित्व नहुने भएकाले सरकारलाई कार्कीजस्तो अनुभवी सुरक्षा सल्लाहकार आवश्यक परेको उनले बताए। जेनजी आन्दोलन र मधेसमा भएका आन्दोलनका क्रममा काम गरेको अनुभवका आधारमा सरकारले कार्कीलाई उक्त जिम्मेवारी दिएको उनको जिकिर थियो। कार्कीले अहिले पनि आईजीपीसरहकै सेवा–सुविधा पाइरहेको उनले दाबी गरे।

बहसका क्रममा न्यायाधीश नृपध्वज निरौलाले सरकारको निर्णय आत्मगत हो कि वस्तुगत भनेर प्रश्न गरेका थिए। जवाफमा कँडेलले सरकारको निर्णय असल नियतले गरिएको बताए।

त्यस्तै, कार्कीलाई नहटाई प्रमुख सुरक्षा सल्लाहकारमा खटाइएको भन्ने महान्यायाधिवक्ताको तर्कमाथि न्यायाधीश निरौलाले ‘खटाइएको मात्र हो भने आईजीपी पद कसरी रिक्त भयो ?’ भनी प्रश्न गरेका थिए।

जवाफमा कँडेलले कार्कीलाई बढुवा गरेर सुरक्षा सल्लाहकारमा पठाइएपछि रिक्त भएको आईजीपी पदमा डा. मनोजकुमार केसीलाई जिम्मेवारी दिइएको बताए।

महान्यायाधिवक्ता कँडेलले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न नहुने भन्दै तीनवटा आधार प्रस्तुत गरेका छन्। पहिलो, मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध दायर रिटमा निर्णय गर्ने पक्षलाई नै विपक्षी नबनाइएको उनको तर्क छ।

दोस्रो, सरकारको निर्णय कार्यान्वयन भइसकेको अवस्थामा अन्तरिम आदेश दिन नमिल्ने भन्दै उनले पूर्वएआईजी विश्वराज पोखरेलको मुद्दामा सर्वोच्च अदालतले दिएको नजिर उल्लेख गरे।

तेस्रो, सरकारको निर्णय कार्यान्वयन र शान्ति सुरक्षा कायम राख्न पनि तत्काल अन्तरिम आदेश जारी गर्न नहुने उनको जिकिर छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)...
इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् ।
यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देहीबाट सात जना बिचौलिया नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय रुपन्देही परिसरबाट प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा दिएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ। फ्लाइ दुबईले दुई महिनाको अवधिमा दुबई–पोखरा–दुबई मार्गमा गरेको उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिएका छन्।

भर्खरै