नेभिगेशन
समाज

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

काठमाडौँ । कात्तिक २७ गतेसम्म २ लाख ५७ हजार ५ सय ५ जना नयाँ मतदाता थप भएका छन् । निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ती जारी गरी दिएको जानकारी अनुसार सो संख्यामा नयाँ मतदाता थपिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले असोज ९ गते नयाँ मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो ।

Marvel
Extreme Energy

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

मतदानाका लागि योग्य जेनजी पुस्ताको मतदाता नामाावली दर्तामा देखिएको आर्कषणलाई सम्बोधन गर्दै आयोगले म्याद थप गरेको जनाएको छ । 

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब मंसिर ५ गतेसम्म मतदाता नामावालीमा नाम दर्ता गर्नेले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् । 

यस अघि अनलाइन फारम भरेर बायोमेट्रिकका लागि निर्वाचन कार्यालय जानुपर्ने बाध्यता हटाउँदै आयोगले बिहीबारबाट भने राष्ट्रिय परिचयपत्र भएका व्यक्तीले अनलाईनमै विवरण भरेर नाम दर्ता गराउन सक्ने व्यवस्था समेत गरेको छ । 

म्याद सकिनै लाग्दा मतदाता नामावालीमा नाम दर्ता गर्नेहरुको संख्या उच्च भएको आयोगले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...