नेभिगेशन
समाज

पार्टी कब्जा गर्ने प्रस्तावपछि भाँडिएको थियो रास्वपा–कुलमान संवाद

काठमाडौँ । अन्तरिम सरकारका उर्जा, भौतिक र सहरी विकास मन्त्री कुलमान घिसिङको भन्दै एउटा पार्टीले निर्वाचन आयोगमा आफ्नो केन्द्रिय पदाधिकारी मंगलबार अध्यावधिक गर्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उज्यालो नेपाल पार्टी नाम रहेको उक्त दल यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको थियो । उक्त पार्टीमा कुलमानले आफ्नो नेतृत्वसहितको  स्वमित्व ग्रहण गरेर नयाँ केन्द्रीय कार्य समिति बिस्तार गरेको सो पार्टीका हालका अध्यक्ष अनुपकुमार उपाध्यायले सिधाकुरालाई बताए ।

Ncell
Extreme Energy

कुलमानको समर्थन र साथ रहने भन्दै बितेको एक महिनामा दर्जन बढी राजनीतिक दल र समूहले प्रचार गरेका थिए । तर, मंगलबार कुलमानको भन्दै उज्यालो नेपाल पार्टी र बलेको चिम चुनाव चिन्ह रहेको पार्टी निर्वाचन आयोगमा अध्यवधिक भएको छ । तर, यो पार्टी कुलमान कै हो भन्नेमा अझै निर्क्र्यौल छैन । 

निर्वाचन आयोगमा दर्ता भएको पार्टी आफ्नै होकी होइन भन्ने बुुझ्न घिसिङलाई मंगलबार साँझ सम्पर्क गरेको थियो तर उनी सम्पर्कमा आएनन् ।

हालका अध्यक्ष उपाध्यायकै भनाई अनुसार पनि कुलमान सरकारमा रहेका कारण अहिले पार्टीमा नरहने नीति अंगालेको हो । 

सो पार्टीमा सहभागी हुने भनेर अन्तिम समयमा पछि हटेका केही अभियन्ता युुवाहरुका अनुसार यो पार्टी कुलमानकै हो । तर, उनले भोलि जुनसुकै बेला यो पार्टी मेरो होइन भन्न सक्ने  ठाउँ भने कायमै रहेको उनलाई चिन्नेहरु बताउँछन् ।

किनकी कुलमानले गत असोज १७ गते फेसबुकबाटै यो पार्टी र समूहमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेका थिए । कुलमानको नयाँ पार्टी दर्ता प्रक्रियाअघि बढेको खबरहरुसँगै रास्वपाले भने यो साताको सुरुआतमै कुलमानलाई एकता लगभग टरेको खबर पठाएको नेताहरु बताउँछन् । 

रास्वपा स्रोतका अनुसार कुलमान र उनको नाम लिदै आएका समूहहरु र व्यक्तिहरु बलियो वैकल्पिक शक्ति बनाउन भन्दा पनि रास्वपा कब्जा गर्ने उद्देश्यले प्रस्तुत हुनु नै असमझदारीको कारण बन्यो । 

“उहाँले पार्टी सभापति, चुनावको कमाण्डर र निर्वाचन पछि प्रधानमन्त्री माग गर्नु भयो” स्रोतले सिधाकुरासँग भन्यो, “कुरा यत्तिमै अडिग भएन । पार्टीको केन्द्रीय समितिमा ३० देखि ५० प्रतिशतसम्म हिस्सेदारी पनि उहाँ र उहाँकोतर्फबाट कुरा गर्ने समूहको थियो । ”

तर, रास्वपाकाअनुसार पार्टीको एक सचिवालय बैठकमा पार्टीका उपसभापति एवम् पार्टीले उच्च संवादका लागि जिम्मेवारी तोकेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कुुलमान तयार भएको खण्डमा उपसभापति पद आफू छोड्न पनि तयार रहेको बताएका थिए । 

“रास्वपालाई बलियो बैकल्पिक शक्ति बनाउने हो । कुलमान जस्ता राम्रा व्यवस्थापक भित्र्याउन म पनि पद छोड्न तयार छु” डा वाग्लेको भनाई उदृत गर्दै पार्टीका एक पदाधिकारीले सिधाकुरासँग भने, “तर, उहाँहरुको उद्देश्य मिल्ने भन्दा पनि पार्टी नै कब्जा गर्ने देखियो । अन्तिम विकःपको रुपमा अन्तिम अन्तिमतिर दुई सभापति राख्ने प्रस्ताव पनि आएको थियो तर सबै कुरा छर्लङ्ग भएपछि थप कुरा गर्ने ठाउँ रहेन ।  त्यसपछि हामीले अब अहिलेलाई सम्भावना सकियो । अर्को कुनै मोडमा भेट भएछ भने कुरा गरौँला भनिदियौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ११ वटा निर्णय गरेको छ ।
मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन्...
विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

महाधिवेशनबाट पारित भएभन्दा भिन्न विधान छापिएको र संसदीय दल नेतालाई सभापतिले निर्देशन दिने प्रस्ताव राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गणेश कार्की र डा तोसिमा कार्कीले प्रश्न...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...