नेभिगेशन
मुख्य समाचार

चक्रपथको कलंकी–महाराजगञ्ज खण्डको निर्माण समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरि पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज खण्डको निर्माण कार्य निकै सुस्त भएको भन्दै समयमा नै निर्मण सम्पन्न गर्ने गरि पहल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै कलंकी–महाराजगञ्ज खण्डमा ढुंगेधारा अण्डरपास लगाएतका संरचना थप गर्न र नेपाल सरकारले गर्नुपर्ने काम छिटो सम्पन्न गर्न समेत बैठकले निर्देशन दिएको छ । बैठकले सिंगो चक्रपथ एउटै स्तरमा निर्माण गर्न कलंकी–महाराजगञ्ज खण्डको स्तरोन्नतीका लागि बजेट व्यवस्थापन लगाएत आवश्यक प्रक्रिया अघि बढाउन समेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सचिव उदय कुमार भण्डारीले जानकारी दिए ।

बैठकले देशैभरका दुई जिल्ला जोड्ने सडक तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्ड चीन सरकारको सहयोगमा निर्माण कार्य अघि बढेको बताए । कलंकी–महाराजगञ्ज खण्डको केहि स्थानमा सडक विस्तारका लागि मुआव्जाको विवादका कारण समस्या देखिएको उहाले जानकारी दिए । उनले काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न सरकारले नयाँ विकल्पबारे छलफल गरिरहेको समेत धारणा राखे । 

त्यस्तै बैठकमा समिति सदस्यहरुले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड समयमा नै निर्माण हुन नसकेकाले सो क्षेत्रमा बस्ने नागरिकहरुले धुलो धुवा र हिलोको सास्ती बेहोर्नुपरेको भन्दै चक्रपथको सडक विस्तारलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बजेट अभावमा गत वर्ष रोकिएको गैँडा गणना यसपाली गरिने

बजेट अभावमा गत वर्ष रोकिएको गैँडा गणना यसपाली गरिने

यस वर्ष बाघ गणनासमेत गर्ने तयारी छ । बाघ गणनापछि गैँडा गणनाको तयारी गरेको विभागले विगतको भन्दा फरक विधि प्रयोग गरेर गणना गर्ने तयारी गरेको हो । विभागको...
संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा एमालेले गर्यो प्रदर्शन(तस्बिरहरु)

संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा एमालेले गर्यो प्रदर्शन(तस्बिरहरु)

देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्ने घोषणा अनुसार एमालेले प्रदर्शन गरेको हो ।
मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराइएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

गत महिना मुद्दा सुनुवाइ सकिएपछि फैसलाको मितिबारे केही भ्रम उत्पन्न भएको थियो । अदालतले नोभेम्बर १३ का लागि नयाँ सुनुवाइको मिति तोकेको छ, जसमा फैसला सुनाउने मिति घोषणा...

भर्खरै