नेभिगेशन
सबै कुरा

तथ्याङ्कमा जाजरकोटको भूकम्प

जाजरकोट । गत शुक्रबार राति ११ः४७ बजे गएको भूकम्पले कर्णाली प्रदेशका जाजरकोट  र रुकुम पश्चिममा ठुलो जनधनको क्षति पुर्याएको छ भने १३ जिल्ला प्रभावित भएको छन् । विपद पूर्वतयारी तथा प्रतिकार्य शाखा तथा जिल्लास्थित प्रशसन कार्यालयहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार १५३ जनाले ज्यान गुमाएका छन् भने  ३६४ जना घाइते छन् । यस बाहेक भौतिक क्षतिको विवरण अर्बाैँमा छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सयम: २०८० कात्तिक १७ गते शुक्रबार राति ११.४७ बजे 

Ncell
Extreme Energy

म्याग्निच्युट: ६.४

हालसम्मका पराकम्प:  ४ म्याग्निच्युट माथिका १० वटा

                         ४ म्याग्निच्युट भन्दा कमका करिब ५ सय भन्दा बढी पराकम्प

धेरै प्रभावित जिल्ला: जाजरकोट र रुकुम पश्चिम

प्रभावित जिल्ला: रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान र अछाम  । 

मानवीय क्षति: ७८ जना बालबालिकासहित १५३ जनाको मृत्यु । 

 जाजरकोट: १०१ जनाको मृत्यु   (५६ महिला र ४५ पुरुष)

 रुकुम पश्चिम: ५२ जनाको मृत्यु  (२७ महिला र २५ पुरुष)

घाइते: ३६४ जना । 

जाजरकोटमा: १४५ जना । 

रुकुम पश्चिममा: २०० जना । 

 सल्यानमा: २ जना  ।  

 रोल्पामा: १ जना । 

 दैलखमा: ३ जना । 

 बैतडी: ३ जना । 

जुम्ला: ६ जना । 

 कालिकोट: १ जना । 

प्युठान: ३ जना । 

भौतिक क्षति 

 पूर्णरुपमा  भत्किएका  घर: २६ हजार ५ सय २०  

आशिंक रुपमा भत्किएका घर: ३५ हजार ३ सय ९१ 


भूकम्पको केन्द्रबिन्दु जाजरकोटको वस्तुस्थिति 

मानविय क्षति:  १०१ जना 

घाइते: १४५ जना 

भौतिक क्षति: ९ हजार ७ सय ९४ घर पूर्णरुपमा क्षति 

                  २४ हजार ७ सय ७ घर आशिंक  क्षति 

बिद्यालय भवन क्षति: जाजरकोटका ३ सय ४९ विद्यालयमा क्षति

                       पूर्णरुपमा क्षति भएका १ सय ७ विद्यालय 

प्रभावित जनसंख्या: ३४ हजार ५ सय १ घरका  १ लाख ७९ हजार ८ सय ९३ जना 

गाईवस्तु पुरिएका: १ सय ४५ भन्दा धेरै 


रुकुम पश्चिमको वस्तुस्थिति

मानविय क्षति: ५२ जना 

घाइते: २०० जना 

भौतिक  क्षति: १६ हजार ५ सय  ७० घर पूर्णरुपमा क्षति 

                  ९ हजार ९ सय ६१ घर आशिंक क्षति 

                 ६६ विद्यालयमा क्षति 

                 गाईवस्तु पुरिएका: १ सय भन्दा धेरै 



रुकुम पूर्वमा २ घर पूर्णरुपमा क्षति हुँदा १८२ आशिंक क्षति

सल्यानमा २  जना घाइते हुँदा ४१८ घर आशिंक क्षति  हुँदा १२९ घर पूर्णरुपमा भत्किएका छन् । 

रोल्पामा १ जना घाइते भएका छन् भन् १७ घर पूर्णरुपमा ढलेका छन् । ८३ घर आशिंक  क्षति पुगेको छ । दैलेख, बैतडी र काालिकोटमा १/१ घर भत्किएका छन् भने जुम्लामा ५ घर भत्किएका छन् । 

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा १७ वटा सरकारी कार्यालय भत्किएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै