नेभिगेशन
समाज

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

wकाठमाडौँ । ओपनर आसिफ शेखको शतकको मद्दतमा एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनायो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो । यस्तै, फाइनलमा गुलशनकुमार झाले अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रनको इनिङ खेलेका हुन् ।

Extreme Energy

एकदिवसीयमा गुलशनको यो छैटौँ अर्धशतक हो । यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन बनाए । युएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली, अबीद उस्मानीले एकरएक विकेट लिए । आजको खेल जित्ने टोलीले सन् २०२७ मा आयोजना हुने एसिसी एसिया कप खेल्ने अवसर पाउनेछ ।

नेपाल दोस्रोपटक एसिया कपमा छनोट हुने योजनामा छ । नेपालले यसअघि सन् २०२३ को एसिसी प्रिमियर कपको उपाधि जितेर एसिया कप खेल्ने अवसर पाएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ ।
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२ देखि १४ गतेस्म्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले अनुरोध गरेका छन् ।
अर्नब चक्रवातका कारण भारी वर्षा र हिमपातको जोखिम

अर्नब चक्रवातका कारण भारी वर्षा र हिमपातको जोखिम

बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...