नेभिगेशन
समाज

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

wकाठमाडौँ । ओपनर आसिफ शेखको शतकको मद्दतमा एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनायो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो । यस्तै, फाइनलमा गुलशनकुमार झाले अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रनको इनिङ खेलेका हुन् ।

Ncell
Extreme Energy

एकदिवसीयमा गुलशनको यो छैटौँ अर्धशतक हो । यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन बनाए । युएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली, अबीद उस्मानीले एकरएक विकेट लिए । आजको खेल जित्ने टोलीले सन् २०२७ मा आयोजना हुने एसिसी एसिया कप खेल्ने अवसर पाउनेछ ।

नेपाल दोस्रोपटक एसिया कपमा छनोट हुने योजनामा छ । नेपालले यसअघि सन् २०२३ को एसिसी प्रिमियर कपको उपाधि जितेर एसिया कप खेल्ने अवसर पाएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।
कार्यदल बैठकमा बादलमाथि केरकार, विष्णु पौडेलले भने- पहिले एमाले बन्नूस्

कार्यदल बैठकमा बादलमाथि केरकार, विष्णु पौडेलले भने- पहिले एमाले बन्नूस्

नेकपा एमाले पुुनर्गठन कार्यदल बैठकमा छुट्टै प्रतिवेदन बोकेर पुगेपछि सदस्यहरूले संयोजक रामबहादुुर थापा ‘बादल’माथि केरकार गरेका छन् ।
एमाले कार्यदलले आजदेखि आवासीय रूपमा छलफल गर्ने

एमाले कार्यदलले आजदेखि आवासीय रूपमा छलफल गर्ने

नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले आज (शनिबार) देखि आवासीय रूपमा बसेर थप छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा...
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ ।