नेभिगेशन
मुख्य समाचार

सिनामंगलबाट गुह्येश्वरी स्थानान्तरण गर्न लागिएको हवाई इन्धन डिपोको डिपिआर तयार

काठमाडौँ । नेपाल आयल निगमको सिनामंगल स्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई इन्धन डिपोलाई गुह्येश्वरी स्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्नेसम्बन्धी परियोजनाको डिपिआर तयार भएको छ । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवाद्वारा तयार पारिएको डिपिआर निगमको हवाई इन्धन डिपो सिनामंगललाई हस्तान्तरण गरिएको हो ।

हवाई इन्धन डिपोलाई सेनाको गल्फ कोर्समा स्थानान्तरणका लागि विस्तउत परियोजना प्रतिवेदन बनाउने सम्बन्धमा गत मंसिर ५ गते निगमले इन्जिनियरिङ अध्ययन संस्थान सम्झौता गरेको थियो । प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित एल ३ लेबल अटोमेसनयुक्त हुने र डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्कीको निर्माण हुने छन् । त्यस्तै भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुने नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो सिनामंगलका कार्यालय प्रमुख प्रदिप कुमार यादवले जानकारी दिए । 

डिपोमा अग्नि सुरक्षाका लागि २१०० किलोमिटर क्षमताका २ वटा स्ट्याटिस वाटर ट्याङ्की र पूर्ण स्वचालित फाइटिङ सिस्टम समेत जडान हुने निगमले जनाएको छ ।

निर्माण हुन लागेको डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख अनुमान गरिएको छ । यसै आर्थिक बर्षको मंसिर महिनामा निर्माण कार्य सुरुगरि दुई बर्षभित्रमा निर्माण सम्पन्न गरि डिपो सञ्चालन गर्ने योजना रहेको निगमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...