नेभिगेशन
समाज

सिनामंगलबाट गुह्येश्वरी स्थानान्तरण गर्न लागिएको हवाई इन्धन डिपोको डिपिआर तयार

काठमाडौँ । नेपाल आयल निगमको सिनामंगल स्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई इन्धन डिपोलाई गुह्येश्वरी स्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्नेसम्बन्धी परियोजनाको डिपिआर तयार भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवाद्वारा तयार पारिएको डिपिआर निगमको हवाई इन्धन डिपो सिनामंगललाई हस्तान्तरण गरिएको हो ।

Ncell
Extreme Energy

हवाई इन्धन डिपोलाई सेनाको गल्फ कोर्समा स्थानान्तरणका लागि विस्तउत परियोजना प्रतिवेदन बनाउने सम्बन्धमा गत मंसिर ५ गते निगमले इन्जिनियरिङ अध्ययन संस्थान सम्झौता गरेको थियो । प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित एल ३ लेबल अटोमेसनयुक्त हुने र डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्कीको निर्माण हुने छन् । त्यस्तै भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुने नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो सिनामंगलका कार्यालय प्रमुख प्रदिप कुमार यादवले जानकारी दिए । 

डिपोमा अग्नि सुरक्षाका लागि २१०० किलोमिटर क्षमताका २ वटा स्ट्याटिस वाटर ट्याङ्की र पूर्ण स्वचालित फाइटिङ सिस्टम समेत जडान हुने निगमले जनाएको छ ।

निर्माण हुन लागेको डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख अनुमान गरिएको छ । यसै आर्थिक बर्षको मंसिर महिनामा निर्माण कार्य सुरुगरि दुई बर्षभित्रमा निर्माण सम्पन्न गरि डिपो सञ्चालन गर्ने योजना रहेको निगमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...