नेभिगेशन
समाज

मधेसका डिप बोरिङ जडान हुने स्थानमा १० दिन भित्र विद्युतको पहुँच पुर्याउन निर्देशन

धनुषा । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा डिप बोरिङ जडान हुने स्थानमा छिटो भन्दा छिटो विद्युतको पहुँच पुर्याउन मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सबै वितरण प्रमुखसंग छलफल गर्दै कार्यकारी निर्देशक शाक्यले डिप बोरिङ जडान हुने स्थानमा स्थानीय तह र मातहतका निकायहरुसँग समन्वय गर्दै विद्युतको तार, पोल, मिटर जडान लगाएतका काम ५ देखि १० दिन भित्र गरिसक्न निर्देशन दिएका हुन् ।

Ncell
Extreme Energy

सिँचाईका लागि सहज गर्न थ्रीफेज लाइन जडान गर्नुपर्ने भन्दै उनले प्रक्रियामा विषयमा नअल्झिकन छिटो सेवा दिन समेत निर्देश गरे । शाक्यले प्राधिकरण सेवामूलका साथै व्यवसायीक संस्था भएकाले विद्युत बिक्रिबाट संस्था सञ्चालन हुने स्पष्ट पारे । प्राधिकरण सरकारको अनुदानबाट नचल्ने भएकाले सेवा सुविधा बढाउनका लागि दवाव दिनु उचित नभएको उनको भनाइ छ । 

शाक्यले प्राधिकरणको घाटा बढ्दै गए संस्था नोक्सानमा जान धेरै समय नलाग्ने भएकाले यसबारेमा सबैलाई बुझाउन जरुरी रहेको बताए । सेवा भनेर निशुल्क विद्युत बाँड्न नसकिने उनले स्पष्ट पारे । उनले सिँचाई र खानेपानीका लागि सस्तोमा विद्युत उपलव्ध गराउने प्रतिवद्धता जनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...