नेभिगेशन
समाज

यस्तो बन्दैछ साढे ६ अर्ब लागतमा त्रिभुुवन विमानस्थलमा नयाँ हवाई इन्धन डिपो

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तार गरेपछि विमानस्थल हातामा रहेको इन्धन डिपो सर्ने भएको छ ।  जहाजमा हवाइ इन्धन भर्न सिनामंगलस्थित विमानस्थल हातामा स्थापना गरेको डिपो नयाँ स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको नेपाल आयल निगमले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो प्रक्रियालाई नेपाल सरकारले गत माघमै मन्त्रिपरिषद्बाट स्वीकृति समेत दिइसकेको छ । सरकारको निर्णयअनुसार हाल सिनामंगलतर्फ रहेको डिपो सरेर गुहेश्वरीस्थित नेपाली सेनाको गोल्फ कोर्स भएको स्थानमा सर्नेछ । झण्डै साढे ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको स्वचालित र अत्याधुनिक सुविधासहितको डिपो हुनेछ । 

Ncell
Extreme Energy

आयल निगमसँग प्रशस्त समन्वय नै नगरी नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको कार्य अघि बढाएको थियो । जसअनुसार बिस्तारित ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिप धमाधम निर्माण भइरहेको छ । निगमको डिपो नजिकैसम्म सो निर्माणको काम हुँदा पनि निगम भने डिपो सार्ने अवस्थामा पुुगेको थिएन ।  किनकी उसले उपयुक्त जग्गा नै पाएको थिएन ।  

तर, नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको उत्तर पश्चिमको गुह्येश्वरी गौचरस्थित गोल्फ कोर्स नजिकैको खाल्डो भएको क्षेत्रमा निगमको हवाई इन्धन डिपो निर्माण गर्न ११० रोपनी जमिन निगमले उपभोग गर्न सक्ने भनेको छ । यससँगै निगमको आग्रहमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको कन्सलटेन्सी सेवाले नयाँ बन्ने डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर निगमका विमानस्थ्ल डिपो प्रमुख प्रदीप यादवलाई बुुझाई सकेको छ ।

विश्वविद्यालयका सहायक डिन डाक्टर सुरज लामिछानेले हस्तान्तरण गरेको सो डीपीआर प्रतिवेदनमा डिपो स्वचालित र अत्याधुनिक हुुने उल्लेख छ । नयाँ डिपो अत्याधुनिक प्रविधिसहित पूर्ण रूपमा स्वचालित (एल ३ लेवल अटोमेसन ) को हुनेछ । 

डिपोमा ५ वटा भर्टिकल ट्याङ्क निर्माण गरिने विभागले जनाएको छ । प्रत्येक ट्यांकको क्षमता क्षमता ३ हजार किलोलिटर अर्थात कुल डिपोको इन्धन भण्डारण क्षमता १५ हजार किलोलिटर अर्थात एक करोड ५० लाख लिटर रहनेछ । 

अन्तराष्ट्रिय उडानका जहाजमा इन्धन भरिने ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्सर नयाँ डिपोमा हुनेछ । विश्वविद्यालयले तयार गरेको डिपोको डिजाइनमा सुरक्षा मापदण्डहरूलाई उच्च प्राथमिकतामा राखिएको छ । 

जसअन्र्तगत डिपो हातामा दुुई हजार एक सय किलोलिटर क्षमताको २ वटा स्टाटिक वाटर ट्याङ्क बनाइनेछ ।  डिपोमा पूर्ण रूपमा स्वचालित फायर फाइटिङ सिस्टम जडान गरिनेछ  भने अमेरिकन पेट्रोलियम इन्स्टिच्युट र आयल इन्डष्ट्रिज सेफ्टी डाईरेक्ट्री मापदण्ड लगायत अन्तराष्ट्रिय सुरक्षा मापदण्डको पूर्ण पालना गरिनेछ । 

डिपोमा प्रशासनिक भवन, प्रयोगशाला भवन, मानव संसाधन युनिट, सम्भार र भण्डारण केन्द्र समेत बन्नेछ । डिपोको सुरक्षाका लागि छुट्टै गेट र चौकीसमेत रहने व्यवस्था मिलाइनेछ । डिपो निर्माणका लागि ६ अर्ब ५४ करोड २० लाख ५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

यसमा सम्पूर्ण संरचना निर्माण, स्वचालित प्रणाली, सुरक्षात्मक पूर्वाधार र आवश्यक उपकरण खरिद समावेश छन् । विस्तृत परियोजना प्रतिवेदनको अध्ययन सकेर छिट्टै अन्तराष्ट्रिय टेण्डरमार्फत निर्माण प्रक्रियामा अघि बढ्नेगरी तयारी गरिरहेको निगमको सिनामंगल डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए । समयमै निर्माण प्रक्रिया अघि बढे दुुई वर्षमा नयाँ डिपो तयार हुुने यादवले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...