नेभिगेशन
मुख्य समाचार

हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिनुपर्ने अन्तराष्ट्रिय समितिको जोड

सांसदहरुले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरि कानून बनाउनुपर्नेमा जोड दिएका छन् । 
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले नेपालको हवाई सेवालाई इयुको कालोसूचीबाट हटाउने गरि संस्थागत सुधार गर्न आवश्यक कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।


बैठकमा संशोधनकर्ता सांसद माधव सापकोटाले नेपालको हवाई क्षेत्रको संस्थागत सुधारका बिषयमा स्पष्ट हुन जरुरी रहेको बताए । उनले हवाई क्षेत्रमा दुई निकायको परिकल्पना गर्दा सेवाको स्तरमा समेत सुधार हुनुपर्ने धारणा राखेका थिए ।  सापकोटाले अन्तराष्ट्रिय मान्यताका बिषयमा नेपाललाई भएका व्यवधान हटाउन विधेयकले योगदान गर्नुपर्ने बताए । 
त्यस्तै संशोधनकर्ता सांसद शिशिर खनालले बिमानस्थल, बिमानस्थल क्षेत्र र उपलव्ध सेवा सुविधाको सुरक्षाका साथै सेवा गुणस्तर र दक्षतालाई प्राथमिकता दिदै अधिकतम आर्थिक लाभ र सदुपयोग हुने गरि प्रयोग गर्न दिनुपर्ने सुझाव रहेको बताए थिए । 

 

समिति सभापति राजकिशोर यादवले विधेयकमाथि आएका संशोधन प्रस्तावलाई सान्दर्भिकता, उपयुक्तता र औचित्यका आधारमा अधिकतम रुपमा समावेश गर्ने उल्लेख गरेका छन् । उनले हवाई सेवा प्राधिकरण विधेयक र नागरिक उड्डयन प्राधिकरण विधेयक एकअर्कासंग जोडिएको बिषय भएकाले दुई विधेयकलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जिकिर गरे । 
नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि २ सय ८१ वटा संशोधन प्रस्तावहरु दर्ता भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।