नेभिगेशन
समाज

हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिनुपर्ने अन्तराष्ट्रिय समितिको जोड

सांसदहरुले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरि कानून बनाउनुपर्नेमा जोड दिएका छन् । 
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले नेपालको हवाई सेवालाई इयुको कालोसूचीबाट हटाउने गरि संस्थागत सुधार गर्न आवश्यक कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


बैठकमा संशोधनकर्ता सांसद माधव सापकोटाले नेपालको हवाई क्षेत्रको संस्थागत सुधारका बिषयमा स्पष्ट हुन जरुरी रहेको बताए । उनले हवाई क्षेत्रमा दुई निकायको परिकल्पना गर्दा सेवाको स्तरमा समेत सुधार हुनुपर्ने धारणा राखेका थिए ।  सापकोटाले अन्तराष्ट्रिय मान्यताका बिषयमा नेपाललाई भएका व्यवधान हटाउन विधेयकले योगदान गर्नुपर्ने बताए । 
त्यस्तै संशोधनकर्ता सांसद शिशिर खनालले बिमानस्थल, बिमानस्थल क्षेत्र र उपलव्ध सेवा सुविधाको सुरक्षाका साथै सेवा गुणस्तर र दक्षतालाई प्राथमिकता दिदै अधिकतम आर्थिक लाभ र सदुपयोग हुने गरि प्रयोग गर्न दिनुपर्ने सुझाव रहेको बताए थिए । 

Ncell
Extreme Energy

 

समिति सभापति राजकिशोर यादवले विधेयकमाथि आएका संशोधन प्रस्तावलाई सान्दर्भिकता, उपयुक्तता र औचित्यका आधारमा अधिकतम रुपमा समावेश गर्ने उल्लेख गरेका छन् । उनले हवाई सेवा प्राधिकरण विधेयक र नागरिक उड्डयन प्राधिकरण विधेयक एकअर्कासंग जोडिएको बिषय भएकाले दुई विधेयकलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जिकिर गरे । 
नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि २ सय ८१ वटा संशोधन प्रस्तावहरु दर्ता भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...