नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्गतर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको मंगलबार उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुुन । 

कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको हो ।  

सो आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा अब तेस्रो चरणअन्तर्गतको आयोजनाबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि हुनेछ । 

प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताएका छन् । 

प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजनाहरू शीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।