नेभिगेशन
सबै कुरा

एकजनाको मृत्युसँगै भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३

त्रिवेणी (रुकुम पश्चिम): कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु  बनाएर  गएको भूकम्पमा परी  घाइते  भएका थप एकजनाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय  नगर प्रहरी  निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो । सुर्खेतको  कालागाउँस्थित प्रादेशिक अस्पताल शुक्रबार बिहान ९ बजे उनको  मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिए । 

Dish Home
Global Ime Bank

मृतक विष्ट चौरजहारी नगरपालिका–१ निवासी हुन् । उनको निधनसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

वडा नं ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि  मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उनी सख्त घाइते भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

पशुपति क्षेत्रका लागि शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा ठूलो आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा...
८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

सत्तारु‌ढ दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलले २०८४ को चुनाव हारुन भन्दै संसदमै प्रार्थना...
प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् ।
जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेशकी जनमत पार्टीकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीविरुद्ध पर्सा जिल्ला अदालतले चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।