नेभिगेशन
समाज

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो, ठेकेदार भन्छन् थपेको समयले पुग्दैन

नवलपरासी । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक म्याद थपिएको बताए । “चौथोपटक थप भएको म्याद अन्तिम हो”, उनले भने, “निर्माण कम्पनीले यस अवधिमा सडक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएकाले म्याद थप गरिएको हो ।” हालसम्म पूर्वीखण्डमा दाउन्ने बाहेकका सबै ठाउँमा कालोपत्रको काम सकिएको जानकारी दिँदै उनले बाँकी काम पनि एकवर्षभित्र सकिने बताए । 

Marvel
Extreme Energy

“पछिल्लो समय निर्माण कम्पनीले सडक विस्तारमा तीव्रता दिएको छ”, उनले भने, “अहिले जनशक्ति दाउन्ने सडकको ढलान गर्न र बाँकी रहेका दुई वटा पुल निर्माण गर्न केन्द्रित भएका छन् ।” थप गरिएको समयमा पूर्वी खण्डको करिब ६५ किलोमिटर चार लेन सडक, सडकको बीचमा रहने डिभाइडर, साढे १७ किलोमिटर सर्भिस लेनको काम सकिने खनालको भनाइ छ । 

सडक विस्तारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले भने थप भएको समयभित्र सबै काम सकाउन कठिन भएको जनाएको छ । कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाले आफूहरुले काम पूरा गर्न १८ महिना लाग्ने भन्दै सोहीअनुसार म्याद थप मागेको भए पनि सरकारले एक वर्षमात्रै म्याद थप गरेको बताए ।

“थपिएको समयमा सडकको काम पूरै सकाउन कठिन छ”, उनले भने, “हामीले तोकिएकै समयमा काम सक्ने प्रयास गर्छौँ तर, योजनाअनुसार काम गर्दा फुटपाथ निर्माण र सडक सुन्दर बनाउने काम बाँकी हुनसक्छ ।” 

अहिले सडकको दाउन्ने खण्डमा ढलानको काम भइरहेको उनले बताए । “पूर्वी खण्डको दाउन्ने क्षेत्रमा चार किलोमिटर बाटो ढलान गर्नुपर्नेछ”, उनले भने, “अहिलेसम्म सवा ६ मिटर चौडाइको नौ सय मिटर ढलान गरिसकेका छौँ, बाँकी ढलान पनि भइरहेको छ ।” दाउन्ने क्षेत्रको ढलानसँगै अरुणखोला र गिरुवारी खोलामा पुल निर्माण भइरहेको उनले बताए । 

गिरुवारी खोलाको पुलमा ढलानका लागि ६ वटा स्ल्याप राख्नुपर्ने उल्लेख गर्दै उनले दुईवटा पूरा भएको र बाँकी चार वटा निर्माणको चरणमा रहेको जानकारी दिए। दाउन्ने क्षेत्रमा बन्नुपर्ने २२ वटा कल्भर्टमध्ये तीनवटा, सडकको दुवैतर्फ ६ मिटर चौडाइको १७ दशमलव चार किलोमिटर सर्भिस लेनको काम बाँकी रहेको उनले जानकारी दिए । 

गैँडाकोटको नारायणी नदीको पुलसँग जोडिने करिब एक सय मिटर सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडकको किनारमा ग्याबिन राखेर माटो भर्ने काम सकिएको छ । “अब गैँडाकोटको बाँकी रहेको ठाउँमा सब बेस, बेस कोर्ष सकिन्छ र कालोपत्रले नारायणीको पुललाई जोड्नेछौँ” उनले भने, “त्यस्तै गैँडाकोटकै जयश्रीको ठूलो पुल दसैँ अगाडि सञ्चालन गर्नेगरी काम भइरहेको छ ।” 

तीन सय जना श्रमिक राखेर सडक विस्तार भइरहेको उल्लेख गर्दै उनले अब सडक विस्तारमा कुनै पनि कुराको अवरोध नभएकाले तीव्र गतिमा काम हुने बताए । “निर्धारित समयमा सडक विस्तारको काम नसकिए कामको प्रगतिको आधारमा ६ महिना म्याद थप गर्न माग गर्छौँ” उनले भने, “त्यस अवधिमा भने सबै काम सकाएर सबै सडक सरकारलाई हस्तान्तरण गर्ने अवस्थामा पुग्छौँ ।” 

निर्माण कम्पनीले सात वर्ष अगाडि नेपाल सरकारसँग ४२ महिनाभित्र सडक विस्तार पूरा गर्ने सम्झौता गरी विसं २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरेको थियो । कूल ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा पश्चिम खण्ड(दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत रु सात अर्ब ८६ करोड ३४ लाख गरी जम्मा रु १६ अर्ब ९९ करोड ५२ लाख रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

यो महाविनाश नसोचेको विपत्ति थियो। धेरै जना भाग्दा भाग्दै बगे भने धेरैले पत्तो नै पाएनन् । घटना कुनै रातिमा भएको थिएन, सबै ब्युझिसकेपछि झलमल्ल उज्यालोमा भएको थियो ।...
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

भर्खरै