नेभिगेशन
समाज

कोशीमा चौतिस प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच

विराटनगर । कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरेको बताएको छ ।
प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ । 
यसैगरी, आधारभूत खानेपानीतर्फ ९३ दशमलव एक प्रतिशत र आधारभूत सरसफाइतर्फ ९८ प्रतिशत जनताको पहुँच पुगेको मन्त्रालयले स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार २०७५ सालअघि आधारभूत खानेपानीतर्फ ९० प्रतिशत, सुरक्षित खानेपानीतर्फ १५ प्रतिशत र आधारभूत सरसफाइतर्फ ६२ प्रतिशत नागरिको पहुँच थियो । प्रदेशअन्तर्गतका सात वटा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, १३ वटा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, एउटा जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन कार्यालय, दुई वटा सिँचाइ व्यवस्थापन कार्यालय र एउटा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन गरी २४ वटा कार्यालयबाट खानेपानी, सिँचाइलगायत सेवासुविधा उपलब्ध गराउँदै आएको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले जानकारी दिए । 
 
उनले पछिल्लो समयमा शुद्ध खानेपानी, सिँचाइ, विद्युतीकरण, नदी नियन्त्रणका क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्दै मन्त्री कार्कीले उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गरी कोशीवासी जनताको पक्षमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताए । यसअघि सङ्घीय सरकारबाट खानेपानी व्यवस्थापनसम्बन्धी कामकाज हुँदै आएकामा प्रदेश सरकारले ल्याएको ऐन कार्यान्वयन भएसँगै रुग्ण खोनेपानी, आयोजना सञ्चालनसहित व्यवस्थापन, सिँचाइ, नदीनियन्त्रण, ऊर्जा तथा विद्युतजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा उल्लेखनीय प्रगति भएको मन्त्री कार्कीले बताए ।   
 
सो अवसरमा मन्त्रायलका सचिव प्रदीप वान्तवाले कोशी प्रदेशमा विद्युत् पहुँच परिवार सङ्ख्या अहिले ९५ दशमलव ५३ प्रतिशत रहेको र विद्युत् उत्पादन क्षमता २८ हजार मेगावाट रहेकामा  ६५३ मेगावाट मात्र उत्पादन भएकोे जानकारी दिए । प्रदेश सरकारले विद्युत् उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यका साथ  निजी क्षेत्रसँगको लागत साझेदारीमा जलविद्युत् आयोजना निर्माणकार्य आगाडि बढाएको जानकारी दिँदै उनले लक्ष्मी खोला लघुजलविद्युत् आयोजना सञ्चालन, धनकुटालाई राष्ट्रिय प्रसारण लाइन(ग्रीड) मा जोड्ने काम अन्तिम चरणमा पुगेको बताए। यसैगरी नवीकरणीय वैकल्पिक तथा सौर्य ऊर्जाको क्षेत्रमा लघु जलविद्युत्तर्फ नौ दशमलव १३ मेगावाट र सौर्य ऊर्जातर्फ १९ दशमलव तीन मेगावाट क्षमताको आयोजना सञ्चालन भएको छ ।  
सचिव वान्तवाले विपन्न वर्ग लक्षित सौर्य ऊर्जा कार्यक्रममार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार नभएका तेह्रथुमको म्याङलुङ नगरपालिकामा १४ वटा र ताप्लेजुङको मौवा खोला गाउँपालिकामा १११ वटा गरी जम्मा १२५ घरमा सौर्यबत्ती जडान गरिएको जानकारी दिए । 
 
यसैगरी, प्रदेशमा जम्मा एक हजार ५४९ वटा सिँचाइ आयोजना सञ्चालन भई ३७ दशमलव तीन प्रतिशत जमिनमा वर्षभरि सिँचाइ सुविधा पुगेकोे र सिँचाइ सुविधा नपुगेको खेतीयोग्य जमिनमा सतह तथा भूमिगत सिँचाइका माध्यमबाट सिञ्चित गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्रालयले स्पष्ट गरेको छ । सचिव वान्तवाका अनुसार प्रदेशअन्तर्गतका आठ वटा पहाडी जिल्लामा एक हजार १५७ वटा किसान कुलो सुधार गरी २० हजार चार सय हेक्टर जग्गामा सिँचाइ सुविधा व्यवस्थित गरेको, एसियाली विकास बैंकको सहयोगमा १३ जिल्लामा २७ वटा योजना सञ्चालनमा रहेको र यसबाट थप तीन हजार ५१० हेक्टर जमिनमा सिँचाइ सेवा बिस्तार हुनेभएको, कुवेत फण्डको सात वटा आयोजनाबाट थप ७५५ हेक्टर जग्गामा सिँचाइ सेवा विस्तार गर्ने लक्ष्यसहित काम भइरहेको छ ।  
 
यस्तै, भूमिगत सिँचाइतर्फ अहिलेसम्म प्रदेशमा १०१ वटा डिप ट्युबवेल, पावर ड्रिल ट्युबवेल २७९ वटा स्यालो ट्युबवेल ८११ वटा सञ्चालनमा र छ हजार ७२८ हेक्टर जग्गामा भूूमिगत सिँचाइको प्रबन्ध गरिएको छ । प्रदेशको कूल २५ लाख ९० हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइयोग्य जमिन पाँच लाख ९४ हजार ६१६ सिँचाइयोग्य जमिन रहेको, २०७५ सालअघि तीन लाख दुई हजार हेक्टर जग्गामा सिँचाइ पुगेको थियो भने २०७५ देखि २०८१ सालसम्ममा १३ हजार २८७ हेक्टर र २०८१/८२ मा एक वर्षको अवधिमार तीन हजार ४४८ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगी प्रदेशमा तीन लाख १८ हजार सात सय ३५ हेक्टर जग्गामा वर्षभरि सिँचाइ सुविधा पुगेको बताएको छ ।
 
यसैगरी, नदी नियन्त्रणतर्फ १०१ डिप ट्युबवेल, २७९ वटा पावर ड्रिल ट्युबवेल ८११ वटा स्यालो ट्युबवेल र छ हजार ७२८ हेक्टर जग्गामा भूूमिगत सिँचाइ भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशको कूल २५ लाख ९० हजार ५०० हेक्टर क्षेत्रफलमध्ये पाँच लाख ९४ हजार ६१६ सिँचाइयोग्य जमिन रहेको, २०७५ सालअघि तीन लाख दुई हजार हेक्टर जग्गामा सिँचाइ पुगेकामा अहिले करिब १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको,  र तीन लाख १८ हजार सात सय ३५ हेक्टर जग्गामा वर्षेभरि सिँचाइ सुविधा पुगेको छ ।
 
नदी नियन्त्रणतर्फ २०७५ सालअघि १६८ किमी, २०७५ देखि २०८१ सम्ममा ३०० किमी र २०८१/८२ मा १४ किमी गरी ४८२ किमि नदी तटबन्धको काम भई चार हजार ३९२ हेक्टर जग्गा नदीबाट उकास भएको छ । हालसम्म मन्त्रालयले १५३ वटा पहिरो नियन्त्रणको काम पनि सम्पन्न गरेको सचिव वान्तवाले बताए ।      

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयको वार्षिक बजेट चालुतर्फ रु ५४ करोड १० लाख १० हजारमा रु ३८ करोड ९८ लाख ९८ हजार खर्च भई ७२ दशमलव शून्य सात प्रतिशत खर्च भएको छ । सचिव वान्तवाका अनुसार पुँजीगततर्फ रु तीन अर्ब ८६ करोड ४३ लाख ६३ हजारमा रु तीन अर्ब ६५ करोड ९६ लाख ९३ हजार खर्च भई ९४ दशमलव सात प्रतिशत प्रगति भएको छ । सो मन्त्रालयको अहिले रु एक अर्ब २६ करोड १० लाख ७६ हजार बेरुजु रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।  
 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकपमा १२ वर्षपछि नेपालको जित

विश्वकपमा १२ वर्षपछि नेपालको जित

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो।
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले...
अपडेटः पैदलयात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप

अपडेटः पैदलयात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप

अधिकारीले उनी इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको पनि बताए । उनले काठमाडौँको नारायणगोपाल चोकस्थित गाडी रोकिएका बेला कारबाट ओर्लिएर...
उम्मेदवारलाई हतोत्साही नबनाऔँ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

उम्मेदवारलाई हतोत्साही नबनाऔँ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

लयबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउने माध्यम फागुन २१ गतेको निर्वाचन भएकाले यसलाई सफल पार्न सबैको सहयोग हुनुपर्ने, नयाँ थपिएका साढे नौ लाख मतदाताका कारण मतदान प्रतिशत बढ्ने र...