नेभिगेशन
मुख्य समाचार

केरुङ नाकाको समस्या समाधान गर्नुपर्ने माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौताले रसुवाको केरुङ सडकखण्ड अवरोध हुँदा चीनबाट सामान ल्याउन समस्या भएकाले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले चाडपर्व नजिकिँदै गर्दा चीनबाट सामान ल्याउन समस्या भएकोप्रति सरकारको ध्यानाकषर्ण गराएका हुन । 

उनले भने, “गएको असार २४ गते रसुवामा भीषण बाढी गयो, केरुङ नाकाको मितेरी पुलमा क्षति भयो, केरुङ नाका अहिले अवरुद्ध छ,  त्यसको कारण केरुङ भएर नेपालतर्फ आउने सबै गाडीहरु रोकिएका छन्, त्यसको चाप अहिले तातोपानी नाकामा परेको छ, तातोपानीबाट पनि प्रत्येक दिन आठ/दश वटा मात्रै कन्टेनर नेपाल आउने र जाने अवस्था रहेछ, यसलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले कोदारी खण्डमा यातायातका लागि असहज भएकाले सरकारको ध्यानाकर्षण गराएका छन् ।  

त्यस्तै, सांसद मीना तामाङले काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ र ९ मा प्रदूषणजन्य उद्योग सञ्चालनमा रोक लगाउन माग गरेकी छन् । उनले भनिन्, “काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–८ र ९ मा रहेको लिच्छविकालीन इतिहास बोकेको श्ववणेश्वर महादेव मन्दिर र त्योसँग जोडिएको बस्तीलाई असर पर्नेगरी सो स्थानमा प्रदूषणजन्य उद्योग सञ्चालन गर्न दिने अनुमति दिन हुँदैन ।”

त्यस्तै, सांसद मैना कार्कीले नेपालको विभिन्न घटना र प्राकृतिक घटनामा श्रीमान् गुमाएर महिलाले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण परम्परागत र रुढीवादी छ । उनीहरुको आर्थिक सबलीकरणका निम्ति राज्यले लगानी गर्नु पर्ने बताइन । 

त्यस्तै, सांसद मङ्गलप्रसाद गुप्ता, रणकुमारी बलम्पाकी मगर, रञ्जुकुमारी झा, रमा कोइराला पौड्याल, राजेन्द्र बजगाईं, रामकुमार राई, रुक्मिणि राना बराइली, रुपाशोशि चौधरी, रेखा शर्मा, लालुप्रसाद साँवा लिम्बू, बिजुला रायमाझी, विद्या भट्टराई र योगेशकुमार भट्टराईलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...