नेभिगेशन
समाज

केरुङ नाकाको समस्या समाधान गर्नुपर्ने माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौताले रसुवाको केरुङ सडकखण्ड अवरोध हुँदा चीनबाट सामान ल्याउन समस्या भएकाले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले चाडपर्व नजिकिँदै गर्दा चीनबाट सामान ल्याउन समस्या भएकोप्रति सरकारको ध्यानाकषर्ण गराएका हुन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “गएको असार २४ गते रसुवामा भीषण बाढी गयो, केरुङ नाकाको मितेरी पुलमा क्षति भयो, केरुङ नाका अहिले अवरुद्ध छ,  त्यसको कारण केरुङ भएर नेपालतर्फ आउने सबै गाडीहरु रोकिएका छन्, त्यसको चाप अहिले तातोपानी नाकामा परेको छ, तातोपानीबाट पनि प्रत्येक दिन आठ/दश वटा मात्रै कन्टेनर नेपाल आउने र जाने अवस्था रहेछ, यसलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले कोदारी खण्डमा यातायातका लागि असहज भएकाले सरकारको ध्यानाकर्षण गराएका छन् ।  

Ncell
Extreme Energy

त्यस्तै, सांसद मीना तामाङले काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ र ९ मा प्रदूषणजन्य उद्योग सञ्चालनमा रोक लगाउन माग गरेकी छन् । उनले भनिन्, “काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–८ र ९ मा रहेको लिच्छविकालीन इतिहास बोकेको श्ववणेश्वर महादेव मन्दिर र त्योसँग जोडिएको बस्तीलाई असर पर्नेगरी सो स्थानमा प्रदूषणजन्य उद्योग सञ्चालन गर्न दिने अनुमति दिन हुँदैन ।”

त्यस्तै, सांसद मैना कार्कीले नेपालको विभिन्न घटना र प्राकृतिक घटनामा श्रीमान् गुमाएर महिलाले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण परम्परागत र रुढीवादी छ । उनीहरुको आर्थिक सबलीकरणका निम्ति राज्यले लगानी गर्नु पर्ने बताइन । 

त्यस्तै, सांसद मङ्गलप्रसाद गुप्ता, रणकुमारी बलम्पाकी मगर, रञ्जुकुमारी झा, रमा कोइराला पौड्याल, राजेन्द्र बजगाईं, रामकुमार राई, रुक्मिणि राना बराइली, रुपाशोशि चौधरी, रेखा शर्मा, लालुप्रसाद साँवा लिम्बू, बिजुला रायमाझी, विद्या भट्टराई र योगेशकुमार भट्टराईलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...