नेभिगेशन
मुख्य समाचार

खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँः मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बिमा पनि लागू भइसकेको जानकारी दिए ।  

उनले भने, “आर्थिक वर्ष २०८२/८३ देखि खेलाडी तथा प्रशिक्षकको जीवन बिमा र स्वास्थ्य बिमा लागू गर्ने योजना रहेको छ, साथै अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र उनीहरुका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्ति वितरण गर्ने योजना छ ।”

मन्त्री चौधरीले खेल पूर्वाधार निर्माणका लागि विगत वर्षदेखि बजेट विनियोजन गरिएको छ । राष्ट्रपति रनिङ शिल्डलगायत खेल प्रतियोगिता सञ्चालन हुँदै आएका र स्थानीय तहदेखि केन्द्रसम्म तथा राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय खेल सङ्घमार्फत ग्रामीण तहका खेलाडी समेतलाई समेट्ने गरी प्रशिक्षण दिने कार्यक्रम सञ्चालन हुँदै आएको उनले बताए ।  

युवालाई राष्ट्रको आर्थिक र सामाजिक समृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउन राष्ट्रिय युवा नीति–२०७२ लाई प्रतिस्थापन गरी राष्ट्रिय युवा नीति–२०८२ स्वीकृतिको अन्तिम चरणमा छ, यस नीतिअनुरुप युवालाई उद्यमशीलता तथा रोजगारीमा प्रोत्साहन गर्ने, सामाजिक कार्यमा स्वयंसेवकीय कार्य गर्न अभिप्रेरित गर्ने, सामाजिक कुरीति एवम् विसङ्गतिविरुद्ध जनचेतना फैलाउने कार्यमा परिचालन गर्ने योजना मन्त्रालयको रहेको मन्त्री चौधरीले बताएका छन् ।  

ती योजना कार्यान्वयन गर्न सबै प्रदेशमा युवालाई सीपमेला र रोजगारमूलक सीप विकास तालिम सञ्चालन गर्ने, ब्याज अनुदानसहित कर्जा लगानी गरेर १० हजार युवालाई स्वरोजगार बनाउने र युवाको क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं युवा सञ्जालको साझेदारीमा सामाजिक जागरणका कार्यक्रम सञ्चालन गर्ने मन्त्री चौधरीले बताए । उनले राष्ट्रिय युवा परिषद्बाट उद्यमशीलता प्रवद्र्धन सम्मेलन, रोजगारीका लागि सीपमूलक तालिम, वित्तीय साक्षरता, स्वयंसेवा परिचालन, जस्ता कार्यक्रमबाट युवा नेतृत्व विकास स्वरोजगार उद्यमशीलता जस्ता पक्षमा जोड दिइनुका साथै युवालाई मुलुकभित्र रही पेसा–व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्दै आइरहेको पनि बताए ।  

मन्त्री चौधरीले भने, “नियमित रूपमा विषयगत समितिको बैठक गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्ने गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्बाट खेल वर्गीकरण, खेल पूर्वाधार हस्तान्तरण, कर्मचारी समायोजनलगायतका विषय विधेयकमा समावेश गरिएको छ, साथै राष्ट्रिय युवा परिषद्को नयाँ ऐन तर्जुमा गर्ने कार्य अगाडि बढाइनुका साथै तीनै तहका अधिकार र कार्यमा समन्वय तथा सहकार्य गरिने विषय उल्लेख छ ।” 

नेपाल स्काउटको सन्दर्भमा नयाँ ऐन तर्जुमा गर्ने कार्य अगाडि बढाइएको र मन्त्रिपरिषद्मा सिद्धान्त स्वीकृतका लागि पेस गरिएको तथा तीनै तहका अधिकार र कार्यमा समन्वय तथा सहकार्य गरिने विषय समेत उल्लेख भएका उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...