नेभिगेशन
सबै कुरा

नयाँ स्टक एक्सचेन्ज खोल्न दिने अर्थ समितिको निर्णयमा स्वर्णिम वाग्लेको 'नोट अफ डिसेन्ट', भन्छन्: नियतमै खोट छ

काठमाडौँ । नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया अगाडी बढाउने अर्थ समितिको निर्देशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले नोट अफ डिसेन्ट(फरक मत) राखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिपावलीको सार्वजनिक विदा सुरु भैसकेपछि शुक्रबार साँझ ७ बजे बसेको अर्थ समितिको बैठकले आफ्नो पुरानो निर्देशन खारेज गर्दै नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो ।

Ncell
Extreme Energy

अर्थ समितिको बैठकले यस अघि समितिले २०८० जेठ २९ गते विस्तृत अध्ययन गरि अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेन्ज स्थापनाको सम्बन्धी कामकारवाही अगाडि नबढाउन नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र  बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । 

तर शुक्रबारको बैठकमा भने नयाँ स्टक एक्सचेन्जलाई स्थापनाको विषय सर्वोच्चमा पुगि अन्तिम फैसला समेत भैसकेकाले जेठ २९ गतेको निर्देशनको प्रयोजना सकिएको भन्दै नयाँ नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खोलिदिएको हो । 

अर्थ समितिको उक्त निर्णय प्रति सांसद वाग्लले खोटपूर्ण नियतका साथ संगठित तवरले हठात निर्णय गरेको भन्दै नोट अफ डिसेन्ट राखेका छन् । 

उनले लेखेका छन्“विधि पुर्याएर आर्थिक सुशासनका आधारभूत सिद्धान्त प्रति कटिवद्ध भई विशुद्ध प्रतिस्पर्धाको कोणबाट दोस्रो स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया छिट्टै अगाडि बढाउन सिद्धान्तत मेरो असहमति नभएपनि अर्थ समितिको २०८०/०२/ २९ को निर्णयप्रति न्याय नहुने, आवश्यक सहजीकरण गरिदिन नेपाल धितोपत्र बोर्डले २०८०/०७/१६ मा पठाएको पत्र समितिमा अग्रीम पेश नगरी, छलफल नगराई, हतार हतार २०८० को दिपावली सुरु हुनु अघि साँझको सात बजे खोटपूर्ण नियतका साथ संगठित तवरले हठात् निर्णय गरेको देखिने भएको र चाडपर्व पछि सार्थक छलफल गरी निर्णय लिँदा अर्थ समिति सन्देहको घेराबाट बाहिर हुने महशुस गरेकोले निर्णय २ प्रति मेरो फरक मत ९ल्यतभ या म्ष्ककभलत० दर्ज गरेको छु ।”


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा...
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै...
४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।