नेभिगेशन
बजार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले बढेर ४६२ दशमलव ०४ मा पुगेको छ । 

Ncell
Extreme Energy

यसैगरी, फ्लोट सूचक शून्य दशमलव २२ अङ्कले बढेर १७७ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २९ अङ्कले बढेर १५५ दशमलव ६५ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर रु तीन अर्ब ९३ करोड पाँच लाख ६० हजार ९५२ मूल्यमा खरिद–बिक्री भएका छन् । आज १३ उपसमूहमध्ये आठ उपसमूह बढ्यो भने पाँच उपसमूह घटेको छ । आज १४० कम्पनीको शेयर बढ्यो भने १२७ कम्पनीको शेयर घट्यो । त्यसैगरी, ११ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर, लक्ष्मी भ्यालू फन्ड लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आरबिबी म्युचुअल फन्ड, घलेम्दी हाइड्रोपावर, मैबुलुङ इनर्जी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।
अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा कांग्रेसलाई विभाजन गर्ने प्रयास भइरहेको बताएका छन्।
चाडपर्वमा हवाई भाडा महँगिएको गुनासोपछि सरकारको यस्तो पहल

चाडपर्वमा हवाई भाडा महँगिएको गुनासोपछि सरकारको यस्तो पहल

चाडपर्व नजिकिएसँगै हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको छ।