नेभिगेशन
समाज

अपडेट: उत्तराखण्डको उत्तरकाशीमा आएको बाढीमा सम्पर्कबिहिन हुने नेपालीकाे संख्या २२ पुग्याे

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर नेपालका २२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जाजरकोटका १३ जना, बर्दियाका ४ जना, धादिङका ४ जना र जुम्लाका १ जना रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाले विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जनाएको छ । 

Ncell
Extreme Energy

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बेपत्ताको खोजी गरिदिन  परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेका छन् । सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताए । 

त्यस्तै बर्दियाको मधुवन नगरपालिका–६ निवासी करिब ४० वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका–५ की अमृता परियार  बेपत्ता भएका छन् । उनीहरु पनि कामको खोजीमा भारत पुगेका थिए । उनीहरुको खोजी तथा उद्धारका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारलाई आग्रह गरेका छन् । 

त्यस्तै धादिङको ज्वालामुखी गाउँपालिकाका ४ जना पनि सोही बाढीपछि सम्पर्कबिहिन भएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ,  फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् । 

त्यस्तै जुम्लाका पनि एक जना बेपत्ता भएका छन् । 

जिप्रका धादिङले पनि खोजीका लागि गृह मन्त्रालयमार्फत भारतीय दुतावासलाई आग्रह गरेको छ । 

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण सयौँ मानिस बेपत्ता भएका छन् । हिलो र पानीको तीव्र बहावले बस्तीहरूमा ठूलो विनाश गरेको बिभिन्न भिडियोहरु सार्वजनिक भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

भर्खरै