नेभिगेशन
मुख्य समाचार

अपडेट: उत्तराखण्डको उत्तरकाशीमा आएको बाढीमा सम्पर्कबिहिन हुने नेपालीकाे संख्या २२ पुग्याे

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर नेपालका २२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जाजरकोटका १३ जना, बर्दियाका ४ जना, धादिङका ४ जना र जुम्लाका १ जना रहेका छन् । 

उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाले विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बेपत्ताको खोजी गरिदिन  परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेका छन् । सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताए । 

त्यस्तै बर्दियाको मधुवन नगरपालिका–६ निवासी करिब ४० वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका–५ की अमृता परियार  बेपत्ता भएका छन् । उनीहरु पनि कामको खोजीमा भारत पुगेका थिए । उनीहरुको खोजी तथा उद्धारका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारलाई आग्रह गरेका छन् । 

त्यस्तै धादिङको ज्वालामुखी गाउँपालिकाका ४ जना पनि सोही बाढीपछि सम्पर्कबिहिन भएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ,  फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् । 

त्यस्तै जुम्लाका पनि एक जना बेपत्ता भएका छन् । 

जिप्रका धादिङले पनि खोजीका लागि गृह मन्त्रालयमार्फत भारतीय दुतावासलाई आग्रह गरेको छ । 

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण सयौँ मानिस बेपत्ता भएका छन् । हिलो र पानीको तीव्र बहावले बस्तीहरूमा ठूलो विनाश गरेको बिभिन्न भिडियोहरु सार्वजनिक भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...