नेभिगेशन
सबै कुरा

तिहारको तेस्रो दिन आज गाईको पूजा गरिदै

काठमाडौँ । आज यमपञ्चक अर्थात तिहारको तेस्रो दिन, गाईको पूजाआजा गरी मनाइँदै छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। 

आज गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जाने वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।     

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व रहेको बताइएको छ। गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।

गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका सदस्य। प्रा। डा। देवमणि भट्टराईले जानकारी दिए।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...
पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो । उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर...
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटघाट, निर्वाचनको तयारीका विषयमा चर्चा

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटघाट, निर्वाचनको तयारीका विषयमा चर्चा

प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताए ।

भर्खरै