नेभिगेशन
मुख्य समाचार

काठमाडौँ महानगरद्वारा रवीन्द्र ढाटलाई २ लाख र खोखो विश्वकप उपविजेता टोलीलाई ११–११ लाखको सम्मान

काठमाडौँ । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ । यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ ।

खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ । सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो । यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो । 

CG

उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए । कार्यक्रममा केसीले भने, “महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ ।”

नेपालका रवीन्द्र ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए । उनले भने, “हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ ।”

त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय बेहोरेको थियो । खोखो टोलीका कप्तानले मन्तव्य राख्दै सम्मानले हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे । उनले भने, “हामी कबड्डीको खेलमा जाँदा जस्तो उत्साह थियो, त्यस्तै उत्साह अहिले काठमाडौं महानगरपालिकाले सम्मान कार्यक्रम गरेर थपिदिएको छ । हामी खेलाडीको तर्फबाट यो सम्मानले निकै खुशी लागेको छ । गुरुहरू र सबैलाई धन्यवाद दिन चाहन्छु ।”

महिला टोलीले फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजय बेहोरेको थियो ।

रवीन्द्र ढाटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । 
 
यो कुनै पनि टिम खेलमा नेपालले विश्वकप फाइनल खेलेको पहिलो अवसर हो ।

2304448e-e8fc-4994-8c45-d23619204dc3-1755001699.jpg

87deae64-4f22-48b2-93da-01a079c58aee-(1)-1755001699.jpg

f0ef6884-b90e-4873-9615-b3ee896eec5b-1755001698.jpg

92e75419-3af9-4c9b-b1e2-81559a8c78af-1755001698.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।
बालेनको मौन आँधी

बालेनको मौन आँधी

जे होस्, अहिले चर्चा बालेनकै छ । महानगरबाट राजीनामा दिएको दिन देखि उनी एकदिन पनि क्यामेराको फ्रेम भन्दा बाहिरि छैनन् । राजनीतिमा खासै चासो नभएका नागरिक समेत अहिले...
समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्नेः मन्त्री इङ्नाम

समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्नेः मन्त्री इङ्नाम

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री इङ्नामले केहि सहकारीले गैरकानुनी काम गरेर बचतकर्ता र ऋणिहरुलाई समेत समस्यामा पारेको भन्दै समस्याग्रस्त सहकारीको छिटो...
पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

श्रमिकहरुको पारिश्रमिकका विषयमा नेपाल पत्रकार महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच २०८२।०४।२२ गते भएको सम्झौता कार्यान्वयनका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल महासंघले गर्दा पनि सो सञ्चार...