नेभिगेशन
समाज

चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

आज चार संसदीय समितिको बैठक बस्दै

आज विभिन्न चार संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन २३ गते घटेको घटना र सो को प्रभावबारे गृहमन्त्रीलाई बोलाएर कारण माग गर्दैछ । 

CG

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षको ६२औँ प्रतिवेदनमा समेटिएका मूलभूत पक्षका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा...
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।