नेभिगेशन
समाज

युद्धमा हराएको छोरो खोज्न हिँडेकी आमा !

हमासको कब्जामा परेका बिपिन जोशी रिहाईको पहल गर्न भन्दै इजरायल सरकारले आमा र बहिनी पुुष्पालाई इजरायल लैजाने सबै प्रबन्ध मिलाएको थियो ।

काठमाडौँ । यदी अवस्था अहिलेको भन्दा फरक भएको भए । हमासको कब्जामा रहेका बिपिन अन्य बन्दी जस्तै यस अघिका सूचीमा छुुटेको भए । आमा पद्मा जोशी र बहिनी पुुष्पा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षामा कति हर्षित हुुन्थे होलान् । फर्किएका बिपिनलाई हर्षोल्लासको स्वागतमा खुसीका आँसुु कति बगाउँथे होलान् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बिहान विमानस्थल परिसरमा भेटिएकी विपिन जोशीकी आमा पद्मा भावविह्वल थिइन् । रातो टीका, काँधमा राष्ट्रिय झण्डा र त्यसमाथि खादा । २२ महिनादेखि बेपत्ता छोराको खोजीमा पाएको हैरानी, एक्लो छोराको अभावले भोगेको पीडा, छटपटी र क्रन्दन अनुहारमा प्रष्टै देखिन्थ्यो । उनै आमासँगै अवोध देखिन्थिन् बहिनी पुुष्पा पनि । नियतिले बिपिनलाई स्वदेश फर्काएन उल्टै छोराको खोजीको पहलका लागि आमा पद्मा  र बहिनी पुष्पा बुुबालाई घरमा छोडेर इजरायल हिँड्नुु पर्यो ।

Ncell
Extreme Energy

२०८० असोज २० गते काम गरिरहेकै स्थानबाट हमासको कब्जामा परेका बिपिनको अवस्था अहिलेसम्म अज्ञात छ । हमासको कब्जामा परेका बिपिन जोशी रिहाईको पहल गर्न भन्दै इजरायल सरकारले आमा र बहिनी पुुष्पालाई इजरायल लैजाने सबै प्रबन्ध मिलाएको थियो ।

सोही अनुसार उनीहरु सोमबार बिहान त्रिभुवन विमानस्थलबाट दुुबई हुुँदै इजरायलका लागि उँडे । 

काठमाडौँस्थित इजरायली दूूतावासकाअनुसार हमासको कब्जामा रहेका बिपिनको रिहाइका लागि आमा भवानीलाई अन्तराष्ट्रिय मञ्चहरुमा अपिल गर्ने अवसर प्रदान गर्न इजरायल लगिएको हो । 

हमासले २०८० असोज २० मा घातक आक्रमण गरेर झण्डै १२ सय मानिसको नृशंस हत्या गरेको थियो । जसमा नेपाल सरकार र इजरायल सरकारबीचको आपसी समझदारी अनुसार पढ्दै कमाउँदै कार्यक्रमका लागि इजरायल पुुगेका बिद्यार्थीहरु समेत परेका थिए । 

हमासको आक्रमणबाट १० जान नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । सोही आक्रमण पश्चात २५१ जनालाई हमास लडाकुुले नियन्त्रणमा लिएर आफ्नो इलाकामा लगेका थिए । तिनै मध्येका एक थिए बिपिन जोशी । 

आक्रमणपछि सम्पर्कबिहिन भएका बिपिन हमासको कब्जामा रहेको र उनी जिवितै रहेको दाबी इजरायल सरकारले पटक–पटक गर्दै आएको छ । गाजाको एक अस्पतालको सिसिटीभी फुटेजमा बिपिन देखिएको भन्दै इजरायले उक्त दाबी गरेको थियो । यता नेपालका परिवारले पनि उक्त फुुटेजमा बिपिन देखिएको बताउँदै आएका थिए । त्यसबाहेक उनीबारेको अन्य कुनै पनि जानकारी सार्वजनिक भएको छैन । 

हमासले कब्जामा लिएका मध्ये हालसम्म विभिन्न चरणमा गरेर १४८ जना रिहाई तथा उद्धार भएका छन् । तर, त्यसमा बिपिन परेका छैनन । इजरायल सरकारको दाबीअनुसार अझै पनि ४९ जना हमासको कब्जामा छन् र ति मध्ये २२ जना जिवितै छन् । 

बिपिनको रिहाइको पहल गर्न जोशी परिवारले निकै ठूलो संघर्ष गरिरहेको छ । तर, कतैबाट पनि सार्थक प्रयास भइरहेको छैन । नेपाल भ्रमण गरेका संयुक्त राष्ट्र संघका महासचिव हुुन् वा कतारी राजा । हरेक पटक उनीहरु दौडिँदै काठमाडौँ आउँछन् । सरकार र दूतावासलाई बिपिन रिहाइको पहल गरिदिन आग्रह गर्छन् । केही नतिजा आउँदैन अनी निरास हुँदै फर्कन्छन् । 

पछिल्लो दिनहरुमा गाजामा इजराली आक्रमण निकै तिब्र बनेको छ । आक्रमण भयनक भएसँगै हमासले दुुई साताको बीचमा थप दुुई फरक फरक भिडियो जारी गरेर इजायलका कारण बन्धकहरु भोकै हुुनसक्ने भन्दै युुद्ध रोक्न बार्गेनिङ गरेका छन् । 

कब्जामा लिएका व्यक्तिलाई मानव ढाल बनाएर हमासले इजरायललाई युद्ध रोक्न चेतावनी दिइरहँदा कब्जामा रहेका व्यक्तिका आफन्तहरु पनि इजरायलाई युद्ध भन्दा पनि आपसी छलफलको बाटो रोज्न र बन्धकलाई शकुसल घर फिर्तीको वातावरण बनाउन माग गरिरहेका छन् ।

इजरायलको युद्ध मन्त्रिपरिषद्ले प्यालेस्टाइनलाई नियन्त्रणमा लिने चर्चा र निर्णयपछि पछिल्लो घटनाक्रम विकसित भएको हो । यो कदमले कब्जामा रहेकाहरु झनै असुुरक्षित हुुने भन्दै पीडित परिवारका सदस्यले यसै साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूूको कार्यालय बाहिर प्रर्दशन समेत गरेका थिए । यही छेकोमा बिपिनको उद्धार पहल माग गर्दै आमा पद्मा र बहिनी पुुष्पा आमा इजरायलमा छन् । 

इजरायलको माटोमा टेक्दा पद्मा सम्हालिन सकिनन् । विमानस्थलमा आएका पत्रकारसँग उनले आफ्नो छोरालाई फर्काउन आएका सुनाईन् । हमाससँग बिन्ती गर्दै आफ्नो छोरालाई फर्काइदिन आग्रह गरिन् र विश्वसमुदायसँग विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरिन् । हरेक दिन बिपिनको बाटो कुरिरहेकी बहिनी पुष्पाले पनि ठुलो आशा लिएर इजरायल पुगेको भन्दै बिपिनको रिहाईमा माग राखिन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

कार्यविधिअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ । ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको...