नेभिगेशन
मुख्य समाचार

राजधानी काठमाडौँको हिलाम्मे सडक (तस्विरहरु)

काठमाडौँ । संघीय राजधानी काठमाडौँकै ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक महिनौदेखि हिलाम्मे भएको छ । वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । ३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालका अनुसार स्थानीय माग अनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिए । सो सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

२०८२ असोज मसान्तसम्म काम सक्ने गरी श्री टुँडाल कन्स्ट्रक्सन एण्ड सपलायर्स प्रालि ले रु.१ करोड ०७ लाख १९ हजार ३२३.६८ मा भ्याट र पी एस बाहेक निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चातको काम अगाडी बढ्न सकेको छैन । स्थानीय व्यापारी सरोज तिमल्सिनाका अनुसार वडा र ठेकेदारले राम्रो काम नगरेको बताउँदै ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको हो । वैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै हुनुमा वडा र ठेकेदार कम्पनीले लापर्बाही गरेको स्थानीयले गुनासो गरेका छन् ।

Shankhamul-ganesh-marga-1755149081.jpg

Shankhamul-ganesh-marga-2-1755149080.jpg

Shankhamul-ganesh-marga-1-1755149080.jpg

Shankhamul-ganesh-marga-4-1755149078.jpg

Shankhamul-ganesh-marga-5-1755149077.jpg

Shankhamul-ganesh-marga-6-1755149077.jpg

Shankhamul-ganesh-marga-8-1755149075.jpg

Shankhamul-ganesh-marga-7-1755149075.jpg

Shankhamul-ganesh-marga-9-1755149073.jpg

Shankhamul-ganesh-marga-10-1755149073.jpg

Shankhamul-ganesh-marga-12-1755149072.jpg

Shankhamul-ganesh-marga-11-1755149072.jpg

Shankhamul-ganesh-marga-14-1755149070.jpg

Shankhamul-ganesh-marga-13-1755149070.jpg

Shankhamul-ganesh-marga-15-1755149068.jpg

Shankhamul-ganesh-marga-16-1755149068.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...
जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा तोडफोड गरेकाे आरोपमा श्रीमान्–श्रीमती पक्राउ

जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा तोडफोड गरेकाे आरोपमा श्रीमान्–श्रीमती पक्राउ

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई पक्राउ गरिएको...
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

कैलाली जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा...