नेभिगेशन
समाज

राजधानी काठमाडौँको हिलाम्मे सडक (तस्विरहरु)

काठमाडौँ । संघीय राजधानी काठमाडौँकै ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक महिनौदेखि हिलाम्मे भएको छ । वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । ३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालका अनुसार स्थानीय माग अनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिए । सो सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८२ असोज मसान्तसम्म काम सक्ने गरी श्री टुँडाल कन्स्ट्रक्सन एण्ड सपलायर्स प्रालि ले रु.१ करोड ०७ लाख १९ हजार ३२३.६८ मा भ्याट र पी एस बाहेक निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चातको काम अगाडी बढ्न सकेको छैन । स्थानीय व्यापारी सरोज तिमल्सिनाका अनुसार वडा र ठेकेदारले राम्रो काम नगरेको बताउँदै ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको हो । वैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै हुनुमा वडा र ठेकेदार कम्पनीले लापर्बाही गरेको स्थानीयले गुनासो गरेका छन् ।

Ncell
Extreme Energy

Shankhamul-ganesh-marga-1755149081.jpg

Shankhamul-ganesh-marga-2-1755149080.jpg

Shankhamul-ganesh-marga-1-1755149080.jpg

Shankhamul-ganesh-marga-4-1755149078.jpg

Shankhamul-ganesh-marga-5-1755149077.jpg

Shankhamul-ganesh-marga-6-1755149077.jpg

Shankhamul-ganesh-marga-8-1755149075.jpg

Shankhamul-ganesh-marga-7-1755149075.jpg

Shankhamul-ganesh-marga-9-1755149073.jpg

Shankhamul-ganesh-marga-10-1755149073.jpg

Shankhamul-ganesh-marga-12-1755149072.jpg

Shankhamul-ganesh-marga-11-1755149072.jpg

Shankhamul-ganesh-marga-14-1755149070.jpg

Shankhamul-ganesh-marga-13-1755149070.jpg

Shankhamul-ganesh-marga-15-1755149068.jpg

Shankhamul-ganesh-marga-16-1755149068.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।