नेभिगेशन
मुख्य समाचार

नागढुङ्गा सुरुङमार्ग यात्रा गर्दा पैसा तिर्नुपर्ने, यस्तो छ सरकारले तोकेको शुल्क

काठमाडौँ । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा साउन २६ गते बसको मन्त्रिपरिषद्को बैठकले सुरुङ मार्गमा यात्रा गरेको शुल्क तोकेको हो । 

जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार/भ्यान काठमाडौँ आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस/मिनी ट्रक काठमाडौँ आउदा रु ११५ र जाँदा रु ८० रुपैयाँ, ठूला बस र ट्रक काठमाडौँ आउदा रु २ सय ६० र जाँदा रु २ सय तथा भारी उपकरण काठमाडौँ आउदा रु ६ सय रुपैयाँ र जाँदा रु २ सय ५० रुपैयाँ दस्तुर लाग्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

Dish home
City Express

त्यस्तै मन्त्रिपरिषद्ले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ । बैठकले दक्षिणकोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार बिकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा रमेश प्रसाद चौलागाईलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सावधान ! मौसम राम्रो छैन

सावधान ! मौसम राम्रो छैन

तपाईं घरमा हुनुहुन्छ भने घरमै रहनुहोस् । यात्रामा हुनुहुन्छ भने छिटो यात्रा पुरा गर्नुस् । आजै सरकारले तोकेको जोखिमयुक्त क्षेत्र छोडेर सुरक्षित रहनुस् । शनिवार, आइतबार, सोमबार र...
महानवमीको दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुईँचो (तस्बिरहरु)

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुईँचो (तस्बिरहरु)

महानवमीको दिन काठमाडौँको तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन...
कपुरकोट माइक्रोबस दुर्घटनाः ३ जनाको मृत्यु , २ जना घाइते

कपुरकोट माइक्रोबस दुर्घटनाः ३ जनाको मृत्यु , २ जना घाइते

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी...
‘इभी’ सवारी साधान दुर्घटना हुँदा १७ जना घाइते

‘इभी’ सवारी साधान दुर्घटना हुँदा १७ जना घाइते

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि...