नेभिगेशन
मुख्य समाचार

सौर्य एयरलाइन्स दुर्घटनाः छोरामाथि दोष पोखिएकोमा को–पाइलट सुशान्त कटुवालका बुबाको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय तथा पर्यटन समितिमो सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ आयोगको अन्तिम प्रतिवेदनबारे छलफल गरिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सो प्रतिवेदन माथि सरोकारवालासँग छलफल गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा  दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका अध्यक्ष रतिसचन्द्र लाल सुमनले प्रतिवेदन प्रस्तुत गर्दै दुर्घटना मानवीय त्रुटिका कारण भएको स्पष्ट पारे। आयोगको प्रतिवेदन अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ढाँचाअनुसार तयार पारिएको र त्यसमा ‘यस्तो दुर्घटना दोहोरिन नदिने उपाय’समेत सुझावस्वरूप समावेश गरिएको उनले उल्लेख गरे ।

Dish home
City Express

सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० कलसाइन विमान दुर्घटनामा १९ मध्ये १८ जनाको निधन भएको र समयमै उद्धार नभएकाले को–पाइलट र इन्जिनियरको पनि ज्यान गएको प्रतिवेदनमा उल्लेख छ ।  

प्रतिवेदनअनुसार मौसम दुर्घटनाको कारण नभएको, उडानको चार सेकेन्डमै विमान दुर्घटना भएको र ‘रेस्क्यु अपरेसन’ प्रभावकारी नभएको उल्लेख छ । ‘क्याबिन क्रु’ले सिट बेल्ट नलगाएको, केही ब्याग सौर्य एयरलाइन्सको कार्यालयमै भेटिएको र नियामक तथा सेवा प्रदायक निकाय दुवैको कमजोरी देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

बैठकमा पीडित परिवारका तर्फबाट प्रकाश खतिवडाले दुर्घटना जाँचबुझ आयोग नै कानुनसम्मत नभएको आरोप लगाए । उनले सेवा प्रदायक संस्थामा आयोग अध्यक्षका आफन्त भएको, दुर्घटनामा परेकालाई सौर्य एयरलाइन्सका कर्मचारी बनाएको र उडान अवैज्ञानिक भएको दाबी गर्दै न्यायिक जाँचको माग गरे । को–पाइलट सुशान्त कटुवालका बुबा ओम कटुवालले दुर्घटनाको दोष छोरामाथि पोखिएको भन्दै असन्तुष्टि प्रकट गरे । उनले दुर्घटनाको सम्पूर्ण जिम्मेवारी अनुमतिदाता निकाय हुने तर्क गरे ।

बैठकमा सांसद शिशिर खनालले पाइलट र को–पाइलटलाई मात्र दोषारोपण गर्ने भाष्य निर्माण गर्न नहुने भन्दै आपत्ति जनाए । उनले सुरक्षित हवाई सेवा सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए । सांसद प्रेम सुवालले ११ महिना लगाएर तयार गरिएको प्रतिवेदनबारे प्रश्न उठाउँदै विमान उड्न र यात्रु जान अनुमति दिने निकाय नै बढी जिम्मेवारी हुने बताए । 

सांसद एकनाथ ढकालले विमान दुर्घटनामा बढी जिम्मेवार नियामक निकाय हुने धारणा राखे । सांसद एनपी साउदले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा कमजोरी कुन–कुन निकायको हो प्रतिवेदनमा स्पष्ट आउनुपर्ने बताए । 

बैठकमा विभिन्न सांसदले प्रतिवेदनका निष्कर्ष, अनुसन्धानको विधि, मनोवैज्ञानिक परामर्शको आवश्यकता, स्रोत–साधन अभाव र विस्फोटक पदार्थसमेत रहेको दाबीबारे छलफल गरेका थिए । समितिले दुर्घटनाका कारणमा थप गहिरो छानबिन गर्नुपर्ने र सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ । समितिका सभापति राजकिशोर यादवले दुर्घटना जाँचआयोगको अन्तिम प्रतिवेदनबारे कानुनी परामर्श लिएर थप छलफल गरेर मात्रै निर्णय लिइने जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सावधान ! मौसम राम्रो छैन

सावधान ! मौसम राम्रो छैन

तपाईं घरमा हुनुहुन्छ भने घरमै रहनुहोस् । यात्रामा हुनुहुन्छ भने छिटो यात्रा पुरा गर्नुस् । आजै सरकारले तोकेको जोखिमयुक्त क्षेत्र छोडेर सुरक्षित रहनुस् । शनिवार, आइतबार, सोमबार र...
महानवमीको दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुईँचो (तस्बिरहरु)

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुईँचो (तस्बिरहरु)

महानवमीको दिन काठमाडौँको तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन...
कपुरकोट माइक्रोबस दुर्घटनाः ३ जनाको मृत्यु , २ जना घाइते

कपुरकोट माइक्रोबस दुर्घटनाः ३ जनाको मृत्यु , २ जना घाइते

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी...
‘इभी’ सवारी साधान दुर्घटना हुँदा १७ जना घाइते

‘इभी’ सवारी साधान दुर्घटना हुँदा १७ जना घाइते

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि...