नेभिगेशन
समाज

आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न हुन्छः प्रधानसेनापति

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले निर्धारित समयभित्रै दू्रतमार्ग आयोजना सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले फास्ट ट्रयाकको प्रगतिबारे जानकारी दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

“अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब हुने काम छिटो सकिने खालका छन्”, उनले भने, “धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन र बोलप आह्वानमा खर्च भएको छ, आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए परियोजना निर्धारित समयमै सम्पन्न हुन्छ ।”

प्रधान सेनापति सिग्देलले द्रूतमार्गको काठमाडौँतर्फको प्रवेश विन्दुका रुपमा रहेका खोकना क्षेत्रको सांस्कृतिक पक्षलाई जोगाएर आयोजना अघि बढाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको स्पष्ट पारे। “यदि खोकना प्रवेश विन्दुमा आउन नसकेको अवस्थामा पनि बिकल्प तयार गरिएको छ”, उनले भने, “प्रवेश बिन्दुमा सवारी साधन कसरी प्रवेश गर्ने र निस्कने भन्ने उपाय खोजिएको छ ।”

Pradhansenepati-samiti-1755165257.jpg
 

त्यस्तै रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौँ तराई÷मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने स्पष्ट पारेका छन् । उनले द्रूतमार्ग अन्तर्गत उपत्यकाबाहिर जग्गा अधिग्रहण सम्पन्न भइसकेकाले खोकना क्षेत्रमा पनि सहमति गरेरै अघि बढ्ने योजना रहेको सुनाए । 

“जनताको आवाज सुन्नुपर्छ भन्नेमा सरकार र नेपाली सेना स्पष्ट छ, केही सहमति गरेर टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने छ”, मन्त्री राईले भने, “छलफबाटै समाधान निकालौँ भनेर सरकार बसिरहेको छ, तर खोकनाको जग्गा सम्बन्धमा अझै केही अफवाह फैलाइएको छ, त्यस्तो होइन ।” काठमाडौँ उपत्यकाबाहेक निजगढसम्म जग्गा प्राप्ति भइसकेको जानकारी दिँदै उनले खोकना क्षेत्रमा करिब ३७ प्रतिशत जग्गा अघिग्रहण गर्नुपर्ने बताए । “खोकना क्षेत्रमा जग्गा प्राप्तिका लागि आन्तरिक छलफल गरिएको छ”, उनले भने ।

निर्धारित समयमै द्रूतमार्ग आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ काम अघि बढिरहेको स्पष्ट पार्दै मन्त्री राईले भने, “निर्धारित मिति नआइकन आयोजना सम्पन्न हुँदैन भन्न त नमिल्ला, तर सो समयमा सक्न निकै कठिन छ, तर मेलम्ची आयोजना जति चै लम्बिँदैन ।”

खाँदबारी–किमाथाङ्का सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको जानकारी दिँदै उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सो सडक चिनियाँ सहयोगमा कालोपत्रे गर्ने बारेमा छलफल हुने बताए । हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको उल्लेख गर्दै उनले सेनाको जिम्मेवारीमा रहेका आयोजनाको प्रगति गर्व गर्न लायक रहेको स्पष्ट पारे । 

सांसदहरुले रणनीतिक महत्वको द्रूतमार्ग आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्ने, आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न सरकाले पहल गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...
लागुऔषधसहित २५ जना पक्राउ

लागुऔषधसहित २५ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको...