नेभिगेशन
सबै कुरा

जाजरकोट भूकम्पः ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित

जाजरकोट । जाजरकोट भूकम्पका कारण कर्णालीका करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् । यो प्रदेशको कूल जनसङ्ख्याको २२ प्रतिशत हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन् । सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए । उनका अनुसार भूकम्पका कारण पाँच वर्षमुनिका मात्रै १९ हजार दुई सय ९६ बालबालिका प्रभावित भएका छन् भने पाँच हजार तीन सय ४३ स्तनपान गराइरहेका गर्भवती प्रभावित भएका छन् ।

Ncell
Extreme Energy

तिन  हजार तीन सय १७ गर्भवती प्रभावित हुँदा दुई हजार २६ स्तनपान गराइरहेका महिला प्रभावित भएको तथ्याङ्कमा जनाइएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा धेरै नागरिक प्रभावित भएका छन् । गर्भवती, सुत्केरी र पाँच वर्षमुनिका बालबालिका झनै समस्यामा परेको डा खड्काले बताए । 

४८ स्वास्थ्य संस्थामा क्षति 

भूकम्पबाट जाजरकोट, रुकुमपश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै क्षति रुकुमपश्चिममा भएको छ । 

रुकुमपश्चिममा रहेका एक सय ११ स्वास्थ्य संस्थामध्ये २४ वटामा क्षति पुगेको छ । जसअन्तर्गत दुई वटा पूर्णरूपमा र २२ वटा आशिंकरूपमा क्षति पुगेको निर्देशक डा खड्काले बताए । जाजरकोटमा एक सय ३३ स्वास्थ्य संस्थामध्ये १८ वटा क्षति भएका छन् । छ वटा पूर्णरूपमा ध्वस्त भएका छन् भने १२ वटा आशिंकरूपमा क्षति पुगेको छ । 

यता, सल्यानका एक सय ५५ स्वास्थ्य संस्थामध्ये तीन वटा पूर्ण र तीन वटा आशिंकरूपमा क्षति भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी स्वास्थ्य चौकी ध्वस्त भएको छ । 

मृत्यु हुनेमा बालबालिका धेरै 

स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका धेरै रहेका छन् । अठार वर्षभन्दा कम उमेर समूहका ९५ बालबालिकाले भूकम्पमा परी ज्यान गुमाउनु परेको हो । 

अध्यावधिक विवरणअनुसार पाँच वर्ष मुनिका मात्रै २४ बालबालिकाको मृत्यु भएको छ तीमध्ये १४ बालक छन् भने १० बालिका रहेका छन् । अठार वर्षमुनिका र पाँच वर्षमाथिका ७१ जनाको मृत्यु भएको तथ्याङ्कमा जनाइएको छ । तीमध्ये ३७ पुरुष र ३४ महिला रहेको निर्देशक डा खड्काले बताए  । मृत्यु भएका अन्य ५८ जना १८ वर्षमाथिका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै