नेभिगेशन
समाज

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो ।

आइतबार ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा रू सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
     
आइतबार सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव शूत्य तीन, विकास बैंक शून्य दशमलव ५१, वित्त शून्य दशमलव ९३, होटल तथा पर्यटन शून्य दशमलव २१, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव ८३ र जीवन बिमा शून्य दशमलव ७१ प्रतिशतले घटेको छ । 

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक, लघुवित्त एक दशमलव ३१, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ६८, व्यापार एक दशमलव ६४ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले घटेको छ ।

आरबिबी म्युचुअल फण्ड–१ को शेयर मूल्य सबैभन्दा बढी सात दशमलव ९३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव शून्य छ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ५१ करोड ६७ लाख दुई हजार २०१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को १३ लाख ५८ हजार छ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

मंगलबार ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा रू ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आइतबार नेप्से परिसूचक पाँच दशमलव १५ प्रतिशतले घटेर दुई हजार ५४० दशमलव ५७ को बिन्दुमा कायम भएको हो । आइतबार विभिन्न कम्पनीका ३३७ कम्पनीको ७९ लाख ५७ हजार...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बुधबार ३२१ कम्पनीका ८४ लाख चार हजार ६१६ कित्ता शेयर ६६ हजार ८२४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ दशमलव ६७...
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

बुधबार नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । बुधबार ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता...