नेभिगेशन
समाज

टप एण्ड टी–२० सिरिजमा मेलबर्नसँग नेपाल पराजित

तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजित भएको छ ।

काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डार्बिनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको हो । यससँगै तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको थियो । 

Extreme Energy

आज मेलबर्न स्टार्स एकेडेमीले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनको त्यो अर्धसतक नेपालको जितको लागि प्रयाप्त भएन । उनले ४९ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ५३ रन जोडेका हुन् ।

त्यसैगरी कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । मेलबर्न स्टार्स एकेडेमीका लागि अस्टिन अन्लेजार्क र डग वारेनले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । त्यसैगरी थोमस रोजर्सले ६५ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान एक/एक विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरिएको छ...