नेभिगेशन
समाज

टप एन्ड टी–२० सिरिजकाे चौथाे खेलमा नेपाल ६६ रनले विजयी

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको थियो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्सले १६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै ११४ रन मात्र बनायो । नेपाललाई विजयी दिलाउने क्रममा नन्दन यादव एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक एक विकेट लिए ।  

Ncell
Extreme Energy

होबार्ट हरिकेन्सका लागि ब्याटिङ गर्ने क्रममा ब्राड्ली होपले ३१ तथा चार्ली वाकिमले  २८ रन बनाए । 

यसअघि होबार्ट हरिकेन्सविरुद्ध १८० रन बनाउने क्रममा नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे । 

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई÷दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए । नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

नेपालले अब बुधबार मेलवर्न रेनेगेड्ससँग तथा शुक्रबार पाकिस्तान शाहिन्ससित खेल्ने छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सबै पक्षलाई सहभागी हुन नेता पौडेलको आग्रह

पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सबै पक्षलाई सहभागी हुन नेता पौडेलको आग्रह

आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नुपर्ने र आगामी १५औँ महाधिवेशनलाई विधिसम्मत ढङ्गले सम्पन्न गर्नुपर्ने आवश्यकता...
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छः सभामुख अर्याल

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छः सभामुख अर्याल

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने...
नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

नार्कका अध्यक्षसमेत रहेकी कृषि मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको उनको सचिवालयले जनाएको छ ।
सरकारले विधि, प्रक्रिया र कानुनीको बेवास्ता गर्दै छः गगन थापा

सरकारले विधि, प्रक्रिया र कानुनीको बेवास्ता गर्दै छः गगन थापा

सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न...