नेभिगेशन
समाज

६ दशमलव ५१ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ ।

आज ३१६ कम्पनीको एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

CG

आज सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव ४०, विकास बैङ्क शून्य दशमलव २०, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ०५, जलविद्युत् शून्य दशमलव १६ र लगानी समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ । 

त्यसैगरी जीवन बिमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव १२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमलव ११, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु ३१ करोड ७२ लाख ३७ हजार ८७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको पाँच लाख ४३ हजार छ सय कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विभिन्न संस्थानमा शेयरतर्फ रू २६ अर्ब ३४ करोड २१ लाख र ऋणतर्फ रू २० अर्ब ५३ करोड १८ लाख गरी कुल रू ४६...
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर

विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण शेयरमा छिटोमा यही मङ्सिर २५ गतेसमम्म  बढीमा आगामी पुस ७...
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

बुधबार ३३२ कम्पनीको एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता शेयर ६७ हजार ४८५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७...
नेप्से परिसूचकमा झिनो गिरावट

नेप्से परिसूचकमा झिनो गिरावट

आज ३२४ कम्पनीको एक करोड आठ लाख १० हजार १०६ कित्ता शेयर ५६ हजार नौपटक खरिदबिक्री हुँदा रु चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ बराबरको...

भर्खरै