नेभिगेशन
समाज

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

काठमाडौँ । बैदेशिक रोजगारीमा ठगिएर न्याय माग्न गएका युवाहरु उल्टै सरकारी निकायबाटै ठगीएका छन् । म्यानपावर व्यवसायीसँग मिलेर वैदेशिक रोजगार विभागले ठगीमा संलग्नहरुलाई जोगाउन उजुरी नै गायब बनाएको पीडितहरुको आरोप छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु रविन्द्र राई, सुमन राई, उर्मिला राई र विशेष राई विरुद्ध साउन ६ गते उनीहरुले विभागमा उजुरी दर्ता गराएका थिए । उनीहरुको उजुरी नम्बर ७८ हो । 

Ncell
Extreme Energy

तर त्यो फाइल अहिले विभाग रेकर्डमा भेटिदैन । विभागमा म्यानपावर सञ्चालकहरुको पहुँचका कारण कर्मचारीसँगको मिलोमतोमा यस्तो भएको पीडितहरु बताउँछन् । खोटाङ ऐसेलु खर्कका ३५ वर्षीया नौला सिंह विश्वकर्मा फरएभर ह्युमन रिसोर्स सोलुसनमार्फत दुई महिना अघि माल्दिभ्स पुगेका थिए । 

उनलाई गाउँकै छिमेकीले माल्दिभसमा अकर्षक रोजगारीको अवसर भएको सुनाएका थिए । विमानस्थलको जागिर, चार सय डलर बढीको तलब र अन्य सुबिधा पनि भएको प्रलोभन पछि उनी काठमाडौँ आए ।

काठमाडौँको टोखा १० सामाखुसी स्थीत फरएभर ह्युमन रिसोर्स सोलुसनलाई चार लाख ५० हजार रुपैयाँ नगद बुझाएर उनी माल्दिभ्स पुगे । 

तर, माल्दिभ्समा विश्वकर्माले नेपालमा म्यानपावर र त्यसका एजेन्टले भनेको जस्तो केही पनि पाएनन् । उनलाई मेनपावरले भने जस्तो न काम दियो नत ज्याला नै । एक महिना १७ दिन माल्दिभ्समा बिताएर उनी केहिदिन अघि नेपाल फर्किए ।  

फरएभर ह्युमन रिसोर्स सोलुसनबाटै बैदेशिक रोजगारीमा गएर ठगिने नौला सिंह मात्र होइनन् । पाल्पा पूर्वखोला गाउँपालिकाका टोप बहादुर बारघरे अर्का पीडित हुन् । उनी पनि त्यस्तै प्रलोभनमा परेर माल्दिभ्स पुगेको थिए । म्यानपावर कम्पनीलाई चार लाख नगद बुझाएर माल्दिभ्स पुगेको बारघरे पनि माल्दिभ्स पुगेको केहि दिनमै नेपाल फर्किनुपर्यो । 

दुइ महिना पहिले मोरङका खगेन्द्र लिम्बु पनि यही म्यान पावरलाई ४ लाख ५० हजार रुपैयाँ तिरेर माल्दिभ्स पुगेका थिए । उनले पनि त्यस्तै समस्या झेल्नुपरेपछि गत शनिबार नेपाल आइपुगेका छन् । 
माल्दिभ्समा कम्पनिको काम भनेर पठाए पनि त्यस्तो केही भएन  समस्या बताउँदा म्यानपावर कम्पनी नै सम्पर्कबिहिन भएको उनी बताउँछन् । उतै अलपत्र परेपछि परिवारले नेपालबाट बाख्रा बेचेर पैसा पठाइदिएको र सोहीबाट टीकट काटेर आफूू नेपाल आएको लिम्बु बताउँछन् । 

भोजपुरका भविन मगरको व्यथापनि उस्तै छ । माल्दिभ्सको सडकका गल्लीमा दुई महिना भौतारिएर काम खोज्दा पनि  नपाए पछि शनिबार नेपाल आइपुगेको उनी सुनाउँछन् । फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिले त्यहाँ धेरैलाई यसरी नै अलपत्र पारेको उनी बताउँछन् । 

वैदेशिक रोजगारीको शिलशिलामा दुःख पाएका तथा ठगिएका नागरिकले न्यायका लागि गुहार्ने पहिलो न्यायिक निकाय हो वैदेशिक रोजगार विभाग । सोही अनुसार आफूलाई बिभिन्न बहाना बनाएर ठगी गर्ने म्यानपावर फरएभर ह्युमन रिसोर्स सोलुसनविरुद्ध नौला सिंह विश्वकर्माले साउन ६ गते विभागमा उजुरी दर्ता गराएका थिए । 

तर, लामो समयसम्म पनि प्रक्रिया अघि बढेको संकेत नपाएपछि उनी केही दिनअघि विभागमा बुझ्न पुगेका थिए । तर, उनले त्यहाँ पुगेपछि थाहा पाए उनले दर्ता गराएको उजुरीको फाइल नै गायब भईसकेको रहेछ ।

अगाडी गरेको उजुरीको दर्ता नम्बर समेत लिएर बैदेशिक रोजगार विभाग पुग्दा आफुले दर्ता गराएको उजुरीको फाइलनै हराएको खबर पाएपछि उनी चकित परे । 

मेनपावर र तिनका एजेन्टको वैदेशिक रोजगार विभागको कार्यालयमा सोझो पहुँच हुदा वैदेशिक रोगारमा ठगिएकाहरुले गरेको उजुरी हराउने गरेको पीडितहरु बताउँछन् । उजुरी हराउने विषयमा वैदेशिक रोजगार विभागका प्रवक्ता चन्दबहादुर शिवाकोटी यसो भन्छन् । 

विदेश जाँदा भएको खर्च मेनपावरले फिर्ता दिने आशामा पीडितहरु न्याय दिने सरकारी अड्डामा मेनपावरकै पहुँच देखेपछि निराशा बनेका छन् । 

आफूहरुलाई म्यानपावर कम्पनीले समेत धम्की दिएको पीडितहरु बताउँछन् । सकेको गर भन्ने धम्की दिने गरेका छन् एक पीडितले सिुधाकुरासँग भने । 

पीडितहरुले आफ्नो पैसा माग्न जाँदा उल्टै म्यानपावर सञ्चालक तथा कर्मचारीले थर्काउने गरेको आरोप लगाए । 
तर, यस विषयमा कुरा गर्न सिधाकुराले म्यानपावर कम्पनीमा सम्पर्क गर्दा म्यानपावरका सञ्चालक रििवन्द्र राइ आफूले पठाएको नभएर कर्मचारीले पठाएको भन्दै पन्छिन खोजे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...