नेभिगेशन
सबै कुरा

तिहार सकिएलगत्तै काठमाडौँका विभिन्न स्थानमा छठ पूजाको तयारी

तिहार सकिएलगतै काठमाडौँका विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । 

काठमाडौँका गौरीघाट, कमलपोखरी, विष्णुमती, कुपण्डोललगायत विभिन्न स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको हो । शनिबारसम्म छठ पूजाका सम्पूर्ण तयारी सकिने गौरीघाट छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । 

Dish Home
Global Ime Bank


छठ पर्व मनाउनका लागि नदि किनारा तथा ताल तलैयालाई विशेष प्रकारले सजाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरू हुँदैछ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । 

लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराण अनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गर्नुभएको थियो । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खरना षष्ठी मातालाई चढाई ब्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

पशुपति क्षेत्रका लागि शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा ठूलो आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा...
८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

सत्तारु‌ढ दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलले २०८४ को चुनाव हारुन भन्दै संसदमै प्रार्थना...
प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् ।
जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेशकी जनमत पार्टीकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीविरुद्ध पर्सा जिल्ला अदालतले चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।