नेभिगेशन
सबै कुरा

नेपाल सरकारलाई टिकटकको पत्रः 'बन्द गर्ने निर्णय अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कदम' (पत्रसहित)

काठमाडौँ । नेपालमा टिकटक बन्द भएपछि टिकटकले नेपाललाई पत्र लेखेको छ । दुरसञ्चार प्राधिकरणलाई सम्बोधन गरिएको पत्रमा  टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विचार र अभिव्यक्तिको स्वतन्त्रको विरुद्धमा रहेको टिप्पणी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

नेपाल दूरसञ्चार प्राधिकरणलाई १३ अक्टोबरमा पत्र लेखेर टिकटकको दक्षिण एशियाका लागि सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने प्रमुख फर्डोस मोटाकिनले पर्याप्त आधार बिना नै सरकारले अनुचित रुपमा टिकटक बन्द गरेको उल्लेख गरेको छ ।  

सरकारले २७ कात्तिकमा सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको जिकिर सहित टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय लगत्तै टिकटकले सात बुँदामा विगतमा नेपालमा सरकारसँग भएका समझदारीहरू उल्लेख गरेर असन्तुष्टिसहितको पत्र पठाएको हो। पत्रमा टिकटकले नेपाल सरकारका हरेक चासोहरूलाई सम्बोधन गर्न आफूहरू तयार रहेको उल्लेख छ। टिकटक बन्द गर्ने निर्णयले आफूहरू आश्चर्यमा परेको पत्रमा उल्लेख छ। 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकको पत्र आएको पुष्टि गरे।उनका अनुसार कार्यालय विदा भइसकेपछि पत्र आएको र अब कार्यालय खुलेपछि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई जानकारी गराइने छ।

टिकटकले प्रयोगकर्ताको सुरक्षा आफ्नो प्राथमिकताको विषय भएको उल्लेख गर्दै नेपालको स्थानीय कानूनविपरीतका सामाग्री हटाउने गरी नेपाल सरकारले सिधै अनुरोध गर्न सक्ने गरी पहुँच दिएको पत्रमा उल्लेख गरेको छ। गत जुन महीनाको ७ तारिखका दिन स्थानीय कानूनको उल्लंघन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सक्ने सुविधासहितको ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टुलको पहुँच दिएको उल्लेख गरिएको छ।

टिकटकले सन् २०२२ को अक्टोबरदेखि गत जुन महीनासम्ममा टिकटकको सामुदायिक गाइडलाइन उल्लंघन गरेका २९ लाख ८० हजार भिडिओहरू स्वतस्फूर्त रुपमा नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको पत्रमा उल्लेख गरेको छ।

त्यसैगरी, २९ अगष्टमा टिकटक डिजिटल सेवा करदाताको रुपमा दर्ता भइसकेको पनि उसले पत्रमा उल्लेख गरेको छ। 

टिकटकले नेपालमा संयुक्त रूपमा नेपालमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग समझदारी गरेको, ३ नोभेम्बरमा गृह मन्त्रालयको साइबर क्राइम नियन्त्रण र साइबर सुरक्षासम्बन्धी समितिमा आफ्नो कार्यसम्पादनको प्रगति, सरकारसँगको सहकार्यको विषय प्रस्तुत गरेको पनि पत्रमा उल्लेख गरेको छ। 

टिकटकले प्रतिबन्ध लगाउने निर्णय नेपाल सरकारले यसअघि आफूसँग निरन्तर संलग्न भएर काम गर्नका लागि गरेको प्रस्तावको विपरीत भएको उल्लेख गरेको छ। उसले आफू नेपाल सरकारसँग भविष्यमा निरन्तर सहकार्य गर्न र आवश्यक चासोहरू सम्बोधन गर्न तयार रहेको पनि जनाएको छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

विपक्षी दलको बहिस्कार, नाराबाजी र विरोधकाबिच प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
पूर्व गृहमन्त्री सुधन गुरुङ्गमाथी छानबिन गर्न समिति गठन

पूर्व गृहमन्त्री सुधन गुरुङ्गमाथी छानबिन गर्न समिति गठन

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको...
ओरेण्टल सहकारीका २ सय ८४ ऋणीको तिन पुस्ते नामावली सार्वजनिक

ओरेण्टल सहकारीका २ सय ८४ ऋणीको तिन पुस्ते नामावली सार्वजनिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न आग्रह गर्दै सार्वजनिक...
संसदमा विपक्षीको अवरोध कायमै, बैठक १५ मिनेटका लागि स्थगित

संसदमा विपक्षीको अवरोध कायमै, बैठक १५ मिनेटका लागि स्थगित

दिनभर नीति तथा कार्यक्रममा छलफल भएपनि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिन तयार भएपछि विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।