नेभिगेशन
मुख्य समाचार

कटारीमा व्यापारीको गोदाममा २ सय बोरा अनुदानको मल फेला

उदयपुर । उदयपुरको कटारी बजारमा सरकारले किसानलाई वितरण गर्न अनुदानमा पठाएको २ सय बोरा मल व्यापारीको गोदाममा लुकाइएको अवस्थामा फेला परेको छ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले बिहीबार बिहान कटारी बजारका व्यापारी दिलिप चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदामबाट उक्त मल फेला पारेको  हो । 

CG

अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेले गोदामलाई तत्काल शिलबन्दी गरी छानबिन अघि बढाइएको जानकारी दिए।

“कहाँबाट मल आएको हो ? यसमा कसको मिलेमतो छ भन्नेबारे पूर्ण छानबिन हुन्छ। आवश्यक कारबाहीका लागि कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको छ,”  सहायक प्रमुख जिल्ला अधिकारी पाण्डे भने । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले यस घटनामा संलग्नलाई कारबाही गर्न आजै छानबिन समिति गठन गरिने बताए ।

मल अभावका बीच कालोबजारी

कटारी बजार क्षेत्रमा लामो समयदेखि रासायनिक मलको अभाव देखिएको थियो । यसै बहानामा व्यापारीहरूले अनुदानमा आएको मल लुकाएर कालोबजारी गरी महँगोमा बिक्री गर्ने गरेको किसानहरूको आरोप छ।  

कृषक माधव धमलाले भने, “सरकारले किसानलाई सहजै मल पुर्याउने नीति ल्याए पनि व्यापारीहरूले बीचमै अड्काएर बढी मूल्यमा मल बिक्री गर्दै आएका छन्।”

सरकारले स्थानीय सरकारको सिफारिसमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत सहकारी संस्थामार्फत किसानलाई मल पुर्‍याउने व्यवस्था गरेको छ। तर, कटारीमा व्यापारीको गोदाममा अनुदानको मल पुग्नुलेले अनुदानको मलको दुरुपयोग भएको देखिन्छ।

२८ पसलमा अनुगमन, म्याद गुज्रिएको सामान जफत

अनुगमनको क्रममा टोलीले कटारी बजारका २८ वटा पसलमा अनुगमन गरेको छ। अनुगमनका क्रममा करिब १ लाख २० हजार रुपैयाँ बराबरको अखाद्य तथा म्याद गुज्रिएका चामल, मसला, पेय पदार्थ, सुर्तीलगायतका सामान जफत गरी आजै नष्ट गरिएको इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला थुलुङ राईले बताइन्।

त्यसैगरी कानुनविपरीत व्यापार गरेको आरोपमा अञ्जली पाउरोटी उद्योग र रञ्जना स्टोर्सलाई ५–५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

952eba1d-ff77-4539-b0c5-58ab1bc41ca5-1756375829.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा...
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।