नेभिगेशन
सबै कुरा

बोक्साको आरोपमा अपांगता भएका व्यक्तिमाथि आफन्तबाटै कुटपिट

सिराहा । बोक्साको आरोप लगाउँदै सिराहामा अपांगता भएका व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । सखुवानन्कारकट्टी गाउँपालिका– २ जगतपुरका ४२ वर्षीय ओमप्रकाश चौधरीलाई सोही गाउँका नेपाली चौधरी, उनका छोरा रामभगतलगायतले बुधबार कुटपिट गरेका हुन् । कुटपिटबाट ओमप्रकाशको देब्रे कान, गर्धन, पिठ्युँमा चोट लागेको छ ।

चौधरी शारीरिक अपांगता भएकाले ‘क’ श्रेणीको कार्डबापत सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको छन् । भत्ता र मजदुरी गरेर कमाएको पैसाले २ कोठे घर बनाएपछि आफन्त पर्नेहरुले नै आफूलाई बोक्साको आरोप लगाउँदै बारम्बार कुटपिट  गर्ने गरेको चौधरीको गुनासो छ । 

बोक्साको आरोपमा आफूमाथि कुटपिट भएपछि प्रहरीमा उजुरी गर्न खोज्दा आफन्तहरुले नै मिल्न दबाब दिइरहेका उनि   बताउँछन् । 

आफूमाथि भएको कुटपिटबारे प्रहरीमा उजुरी दिने तथा समाज बोलाएर छलफल चलाउने बताएपछि ‘आफन्तको झगडामा बाहिरकालाई नबोलाऔँ’ भन्दै गाउँमै मिलापत्र गर्न दबाब आएको छ, ओमप्रकाशले भने । ओमप्रकाशले प्रहरीमा जाने भनेपछि कुटपिट गर्ने परियाग भने गाँउ छाडेर भागेका छन् । 

यता इलाका प्रहरी कार्यालय लहानले भने घटनाका  विषयमा आफूले पनि  सुनेको तर कसैले उजुरी नगरेकाले अहिले टोलीले थप बुझ्न लागेको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो । उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर...
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटघाट, निर्वाचनको तयारीका विषयमा चर्चा

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटघाट, निर्वाचनको तयारीका विषयमा चर्चा

प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताए ।
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै