नेभिगेशन
सबै कुरा

बोक्साको आरोपमा अपांगता भएका व्यक्तिमाथि आफन्तबाटै कुटपिट

सिराहा । बोक्साको आरोप लगाउँदै सिराहामा अपांगता भएका व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । सखुवानन्कारकट्टी गाउँपालिका– २ जगतपुरका ४२ वर्षीय ओमप्रकाश चौधरीलाई सोही गाउँका नेपाली चौधरी, उनका छोरा रामभगतलगायतले बुधबार कुटपिट गरेका हुन् । कुटपिटबाट ओमप्रकाशको देब्रे कान, गर्धन, पिठ्युँमा चोट लागेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चौधरी शारीरिक अपांगता भएकाले ‘क’ श्रेणीको कार्डबापत सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको छन् । भत्ता र मजदुरी गरेर कमाएको पैसाले २ कोठे घर बनाएपछि आफन्त पर्नेहरुले नै आफूलाई बोक्साको आरोप लगाउँदै बारम्बार कुटपिट  गर्ने गरेको चौधरीको गुनासो छ । 

Ncell
Extreme Energy

बोक्साको आरोपमा आफूमाथि कुटपिट भएपछि प्रहरीमा उजुरी गर्न खोज्दा आफन्तहरुले नै मिल्न दबाब दिइरहेका उनि   बताउँछन् । 

आफूमाथि भएको कुटपिटबारे प्रहरीमा उजुरी दिने तथा समाज बोलाएर छलफल चलाउने बताएपछि ‘आफन्तको झगडामा बाहिरकालाई नबोलाऔँ’ भन्दै गाउँमै मिलापत्र गर्न दबाब आएको छ, ओमप्रकाशले भने । ओमप्रकाशले प्रहरीमा जाने भनेपछि कुटपिट गर्ने परियाग भने गाँउ छाडेर भागेका छन् । 

यता इलाका प्रहरी कार्यालय लहानले भने घटनाका  विषयमा आफूले पनि  सुनेको तर कसैले उजुरी नगरेकाले अहिले टोलीले थप बुझ्न लागेको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै