नेभिगेशन
सबै कुरा

झाडीमा सालनालसहितको बच्चा भटियो

हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ । 

Dish Home
Global Ime Bank

हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताइन् । बच्चा कसले सडकमा ल्याएर फालेको हो हालसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताए।

‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले गत असोज २७ गतेदेखि यही मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सडक आश्रित मानवको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्व मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो । 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार यस क्रममा हालसम्म विभिन्न उमेर समूहका २९२ जनाको उद्धार गरिसकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय...
देशभर मनसुनी वायुको प्रभावः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

पशुपति क्षेत्रका लागि शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा ठूलो आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा...
८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव हारुन भन्दै कांग्रेस सांसदको संसदमै प्रार्थना

सत्तारु‌ढ दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलले २०८४ को चुनाव हारुन भन्दै संसदमै प्रार्थना...