नेभिगेशन
सबै कुरा

झाडीमा सालनालसहितको बच्चा भटियो

हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ । 

Ncell
Extreme Energy

हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताइन् । बच्चा कसले सडकमा ल्याएर फालेको हो हालसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताए।

‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले गत असोज २७ गतेदेखि यही मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सडक आश्रित मानवको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्व मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो । 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार यस क्रममा हालसम्म विभिन्न उमेर समूहका २९२ जनाको उद्धार गरिसकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै