नेभिगेशन
समाज

रास्वपाले रुपन्देही ३ मा डा.लेखजंग थापालाई उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा कार्तीक १७ गते हुने उपनिर्वाचनका लागि डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ । रास्वपाको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारका लागि रास्वपाले ९ आकांक्षीबिच प्राइमरी इलेक्सन गराएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई महिना लामो आन्तरिक लोकतन्त्रको उन्नत अभ्यास प्रक्रिया ‘ प्राइमरी इलेक्सन’ गरेर रास्वपाले रुपन्देही निर्वाचनमा भाग लिने उम्मेदवार टुङ्गो लगाएको हो । आइतबार रास्वपाले गरेको घोषणा अनुसार रुपन्देही ३ को उपनिर्वाचनका लागि न्यूरो सर्जन डा. लेखजंग थापा पार्टीको उम्मेदवार चयन भएका छन् । 

Extreme Energy
citizen life

निर्वाचनको मुखैमा पैसा हुने र बलसालीलाई टिका लगाएर उम्मेदवार बनाउने परम्परागत राजनीतिक दलहरूको अभ्यासलाई चिरेर सक्षम, निष्कलङ्क, शिक्षित र जनताको जनभावनाअनुसारको उम्मेदवार छनोट गरेको रास्वपाले दाबी गरेको छ ।  

आइतबार पार्टी कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रममा सो पार्टीले उनलाई प्राइमरी इलेक्सनबाट रास्वपाको रुपन्देही ३ का लागि उम्मेदवार चुनिएको घोषणा गरेको हो । 
पार्टीले यसअघि बनाएको उम्मेदवार छनोट कार्यविधिका आधारमा उम्मेदवार चयन गरिएको रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्याल (डीपि) ले बताए । उम्मेदवार छनौट विधि हालसम्मकै लोकतन्त्रको उन्नत, पारदर्शी र सक्षम विधि भएको अर्यालको भनाई छ । 

उम्मेदवार चयन भएका उनी रुपन्देही ३ को उपनिर्वाचनमा रास्वपाका आधिकारिक उम्मेदवार हुन् । उनी रुपन्देही कै स्थानीय समेत हुन् । साउन ७ गतेबाट सुरु भएको उम्मेदवार छनोट प्रक्रिया विभिन्न ८ चरणको प्रक्रिया पुरा गरेर १५ भदौमा टुङ्गिएको हो ।    

को हुन उम्मेदवार डा.थापा 
भैरहवाको सिद्धार्थ नगरपालिका ९ अञ्चलपुरमा जन्मिएका डा.लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता र सामाजिक व्यक्तित्व हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान् चिकित्सक हुन् ।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस,  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र  कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा.थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् । 

एक विद्वान चिकित्सकको छबि बनाएका डा.थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । जसले अन्तर्राष्ट्रिय जगतमा उनको बेग्लै पहिचानसमेत बनाएको छ । 
नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा.थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा अतुलनीय योगदान पुर्याएका छन् । उनकै टीमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वीकृत गरेको छ । यो प्रोटोकल नेपालको स्ट्रोक उपचार व्यवस्थापनमा कोशेढुंगा बन्ने निश्चित छ । 
अन्तर्राष्ट्रिय जगत्को समेत विश्वास जितेर अलग्गै पहिचान बनाएका डा.थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतना सम्बन्धी तालिम दिँदै आएका छन् ।

उम्मेदवार छान्न हलासम्मकै उन्नत अभ्यास 
रास्वपाको दाबीअनुसार उसले नेपालमै पहिलो पटक उन्नत अभ्यास अर्थात् प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गरेको हो । पार्टीले बनाएको कार्यविधिअनुसार अत्यन्तै पारदर्शी ढङ्गबाट सक्षम उम्मेदवार चयन गरिएको रास्वपाले जनाएकाे छ । 

रास्वपा गत साउन ७ गते उपनिर्वाचन प्रक्रियामा होमिएको थियो । साउन ७ देखि २१ सम्म उपनिर्वाचनमा भाग लिन इच्छुुकलाई उम्मेदवारी दिन सो पार्टीले आह्वान गरेको थियो । सोही प्रक्रियाअनुसार सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जीत बहादुर गुप्ता, कुुशुम मर्हजन, रचना क्षेत्री, पुनम कुमारी  अग्रवाल र मधु प्रसाद अर्यालले उम्मेदवारीका लागि आवेदन दिएका थिए ।  
रास्वपाले साउन २२ मा मापदण्डमा परेर उम्मेदवार बन्न आवेदन दिएका ९ जनाको नामावली प्रकाशित गरेको थियो । साथै उनीहरुमाथि कुनै दाबी तथा विरोध भए पेस गर्न २३ देखि २४ साउनसम्म रास्वपाले खुल्ला सूचना जारी गरेको थियो । 
साउन २५ मा उम्मेदवारी दिएका सबै ९ जना सदस्यसँग नै सो पार्टीले छलफल गरेको थियो । आवेदन दिएका कसैमाथि पनि दाबी बिरोध  नपरेपछि २६ साउनमा रास्वपाले प्रारम्भिक उम्मेदवारको नामावाली प्रकाशन गरेको थियो । 
निर्वाचन जितेर संसद्मा गएपछि गरिने दाबी विरोधलाई निर्वाचनमा होमिनु अघि नै रोकेर जान यस्तो व्यवस्था गरिएको रास्वपाको दाबी छ । साउन २७ देखि भदौ ११ सम्म उम्मेदवारीका दाबेदारहरूसँग लिडरसिप एकेडेमी, पोलटिकल प्रोक्सिमिटी र समावेशिताको मापनको कार्य रास्वपाले गरेको थियो । 

पार्टीको निर्वाचन परिचालन समिति देखि सांसदहरू तथा उपसभापति डा. स्वर्णिम वाग्लेले उम्मेदवारहरूसँग एक्ला एक्लै छलफल तथा परामर्श गरेका थिए । सो अवधिमा पार्टीप्रति उम्मेदवारहरूको बफादारिता, जनता र निर्वाचन क्षेत्रप्रतिको प्रतिबद्धता देखि संसद् बनेर गर्ने काम र उनीहरूको क्षमताबारे पार्टी नेतृत्वले छलफल गरेको थियो ।

सोही अवधिमा उम्मेदवारहरूसँग पार्टीको जिल्ला तहको प्रशिक्षण कार्यक्रम भएको थियो । यस्तै, निर्वाचन हुने क्षेत्र मासमेत उम्मेदवारहरूको घर दैलो रास्वपाले गराएको थियो । सबै प्रक्रिया सकिए पछि भदौ १२ बेलुकी ७ बजेदेखि भदौ १३ को साँझ ७ बजे १२ घण्टा पार्टी सदस्यहरुबाट उम्मेदवार छनौटका लागि मतदान गराएको थियो ।

निर्वाचन क्षेत्रका पार्टी सदस्यले देश तथा विदेशबाट समेत निर्वाचनमा भाग लिन सक्ने यो पद्धति पछि आइतबार रास्वपाले अन्तिम उम्मेदवार तय गरेको हो । प्राइमरी इलेक्सन अन्र्तगत पार्टी सदस्यको मतदानबाट उम्मेदवारले प्राप्त गरेको ४० अंकभारको नतिजा र पार्टीको स्थानीय तहका नेताहरुले दिने मतको भार ५ प्रतिशत गरी ४५ प्रतिशत मतमा पार्टी केन्द्रले यस अघि उम्मेदवारसँग गरेको छलफल र उनीहरूले पेस गरेको कार्य योजनाका आधारमा दिइने ५५ प्रतिशत अंकभारका आधारमा रास्वपाले रुपन्देहीमा उम्मेदवार टुङ्गो लगाएको जनाएको छ । साथै, रास्वपाले कुनैं पनि उम्मेदवारहरूलाई भोट हाल्न मन नलागेको खण्डमा नोभोट गर्न पाइने व्यवस्था पनि प्राइमरी इलेक्सनमा गरेको थियो ।

रास्वपाको उम्मेदवार छनोट विधिलाई लिएर अहिले स्वतन्त्र रुपमा तारिफ पनि भइरहेका छन् । निर्वाचन क्षेत्रमै काम गर्ने विज्ञहरुले सो पार्टीको अभ्यास असल भए पनि यसमा केही जोखिम भने रहेको औँल्याएका छन् । 
निर्वाचन आयोगमा पहिले सचिव समेत रहिसकेका पूर्व सचिव गोपीनाथ मैनाली प्राइमरी इलेक्सन राम्रो अभ्यास भएको बताउँछन् । कुनै पनि सार्वजनिक पदमा बस्ने मान्छे परीक्षण गरेर मात्रै ल्याइनु राम्रो भएको उनी बताउँछन् । 
तर, रास्वपाले पार्टी सदस्य र पार्टीमा योगदान गरेकाहरूमा मात्रै प्रतिस्पर्धा गराउनु पर्नेमा खुल्ला आह्वान गरेर गराएको प्रतिस्पर्धाले पार्टीमा योगदान गरेकाहरूलाई असर पर्न सक्ने जोखिम रहेको उनको भनाई छ । अमेरिकामा पनि आन्तरिक निर्वाचनबाटै नेता चुनिने उदाहरण उनले दिए । तर, जनताको लोकप्रियताले चुनिने मानिस मतभारका आधारमा पार्टी भित्रको आन्तरिक मतका कारण अघि बढ्न नसक्ने उदाहरण पनि रहेको मैनाली बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बस्ती भत्काउँदा विस्थापित भएका परिवारहरूलाई दशरथ रंगशालामा ल्याइयो(तस्बिरहरु)

बस्ती भत्काउँदा विस्थापित भएका परिवारहरूलाई दशरथ रंगशालामा ल्याइयो(तस्बिरहरु)

बागमती करिडोर आसपासका बस्तीहरू भत्काइएपछि विस्थापित भएका धेरै परिवारहरूलाई अस्थायी रूपमा दशरथ रंगशालामा ल्याइएको छ।
गगनले सोधे– सुकुम्बासी बस्तीमा शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय ?

गगनले सोधे– सुकुम्बासी बस्तीमा शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय ?

कांग्रेस सभापति थापाले भनेका छन्- यो डोजरले नागरिकको झुपडी मात्र होइन, उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको छ। सस्तो लोकप्रियताका लागि गरिएको यो निर्मम प्रहारले सडक त...
बल्खुस्थित बागमती नदीमा एक व्यक्ति मृत फेला

बल्खुस्थित बागमती नदीमा एक व्यक्ति मृत फेला

बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएका उनी २÷३ दिनदेखि परिवारको सम्पर्कमा समेत नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

पच्चीस सय सत्तरीऔँ बुद्धजयन्तीका अवसरमा सूर्योदय योग ध्यान केन्द्रले शुक्रबार तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित लोकतान्त्रिक उद्यानमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले बुद्धको शान्ति, करुणा र मैत्रीको सन्देशले सबैको जीवनमा...