नेभिगेशन
मुख्य समाचार

कञ्चनपुरका ५२ घर र सशस्त्र प्रहरीका २ वटा बिओपी बाढीले डुबायो

कञ्चनपुर । आइतरबारदेखिको निरन्तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनीमा ५२ घर र सशस्त्र प्रहरीका दुई वटा बिओपी डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका छन् । डुबानमा परेका २५ घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माविमा सारिएको छ । 

CG

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लामा जोगबुढा नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा १५ घर डुबानमा परेका छन् । डुबानमा परेका १५ घरपरिवारका ५५ जनालाई सरसामान र चौपायासहित नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ । वडा नं १० शान्तिनगरका डुबानमा परेका १२ घरपरिवारका ४० जनालाई वडा–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ । 

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–१० र ७ स्थित सशस्त्र प्रहरीको बिओपी समेत डुबानमा परेको प्रवक्ता बोहराले जानकारी दिए । उनका अनुसार वडा नं १० स्थित सुन्दरनगरमा रहेको बिओपी जोगबुढा नदीको पानी पस्दा डुबानमा परेको छ । उक्त बिओपीमा कार्यरत २३ सशस्त्र प्रहरीलाई ओमकार आधारभूत विद्यालयमा राखिएको छ ।  वडा नं ७ स्थित कञ्जभोजमा रहेको सशस्त्र प्रहरीको  बिओपी समेत डुबानमा परेको प्रहरीले जनाएको छ । उक्त बिओपीका कार्यरत ३० जना सशस्त्र प्रहरीलाई सहरी खोप केन्द्रको भवनमा राखिएको सारिएको छ । 

“बाढीले ५२ घर डुबानमा परेका छन् उक्त घरपरिवारका १६५ जनालाई सुरक्षित स्थानमा राखिएको छ”, प्रवक्ता बोहराले भने, “महाकाली नदीमा पानीको सतह निरन्तर बढिरहेको छ  ।” उनका अनुसार महाकाली नदीमा पानीको सतह बढेर दुई लाख ७१० क्युसेक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलसतह सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सुचना जारी गर्दै महाकाली नदीको डडेल्धुरास्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको जनाएको छ । जलसतह बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ । 

डुबान प्रभावित क्षेत्रमा अनुगमन तथा उद्धारमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खड्कबहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा...
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।