नेभिगेशन
समाज

दल खोलेर राजनीति गर्छु, हिन्दु धर्म र राजतन्त्र मेरो एजेण्डा हो -दुर्गा प्रसाईँ

तीनकुने घटना देखि पूर्वराजा ज्ञानेन्द्र शाहसँगको सम्बन्ध, कारागार बसाइ, नयाँ दल खोल्ने घोषणा र अहिलेको सरकारबारे प्रसाईंको बुझाई

कठमाडौँ । २०८१ चैत १५ गते तीनकुनेमा हिंसा भड्किएपछि दुर्गा प्रसाईं भागेर भारत पुगे । राजासहितको हिन्दु अधिराज्य माग गर्दै व्यवस्था फेर्ने आन्दोलन घोषणा गर्न आयोजित समारोह रक्तपात र हिंसामा परिणत भयो । आन्दोलनको एक नेतृत्वकर्ता बनेका प्रसाईँ भने भागेर भारत पुगे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतमा लुकिछिपि रहेकै अवस्थामै सरकारले अनुकुलको मुद्दा जोडेर प्रसाईंलाई उक्त रक्तपातको मुल नेतृत्वकर्ता बनायो । राज्य  विरुद्धको कसुर देखि तीनकुनेमा भएको हिंसा, आगजनी र तोडफोड, आन्दोलनमा प्रहरबाट मारिएका व्यक्ति देखि घाइते प्रहरी सबैको अपजसको भारी दुर्गामाथि बोकाइयो । 

Marvel

भागेर भारत पुगेका प्रसाईंलाई समात्न नसकेको प्रहरीले उनको परिवारका सदस्यमाथि पनि आरोप लगाएर पक्राउ पुर्जी जारी ग¥यो भने उनको सबै व्यवसायको बैङ्क खाता र कारोबार रोक्का गरेर दबाब बनायो । 

सबैतिरबाट च्यापिएका दुर्गा अन्तत कुनै उपाय नलागेपछि प्रहरीलाई पहिल्यै जानकारी गराएर चैत २८ गते नेपाल फर्किए । गृह जिल्ला समेत रहेको झापाको नेपाल भारत सिमाना काँकडभिट्टाबाट उनी प्रहरी हिरासतमा पुगे । 

तीनकुने घटनामा उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका  लागि थुनामा पठाउने आदेश ग¥यो । झण्डै चार महिना डिल्लीबजार कारागारमा बसेका प्रसाईं जिल्लाको  आदेश विरुद्ध उच्च अदालत गए । इबैकिङ कसुर देखि तीनकुने घटनाको आधा दर्जन मुद्दाका विरुद्ध उच्च पुगेका उनलाई २८ लाख धरौटीमा रिहा गर्न आदेश भयो । त्यसपछि उनी १९ साउनमा कारागार मुक्त भए ।

कारागारबाट बाहिरिए लगत्तै उनी पुनःः राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । राजासहितको हिन्दुराष्ट्र नेपाल निर्माण गर्न घोषित रुपमा दल खोलेर राजनीतिमा आउने प्रसाईंले दाबी गरे ।

यही पृष्ठभूमिमा सिधाकुराले दुर्गा प्रसाईंसँग तीनकुने घटना देखि पूर्वराजा ज्ञानेन्द्र शाहसँगको सम्बन्ध, कारागार बसाइ, नयाँ दल खोल्ने घोषणा र अहिलेको सरकारबारे प्रसाईंको बुझाई  लगायतका विषयमा कुराकानी गरेको छ । सिधाकुराका लागि युवाराज कँडेलले प्रसाईंसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...