नेभिगेशन
समाज

दल खोलेर राजनीति गर्छु, हिन्दु धर्म र राजतन्त्र मेरो एजेण्डा हो -दुर्गा प्रसाईँ

तीनकुने घटना देखि पूर्वराजा ज्ञानेन्द्र शाहसँगको सम्बन्ध, कारागार बसाइ, नयाँ दल खोल्ने घोषणा र अहिलेको सरकारबारे प्रसाईंको बुझाई

कठमाडौँ । २०८१ चैत १५ गते तीनकुनेमा हिंसा भड्किएपछि दुर्गा प्रसाईं भागेर भारत पुगे । राजासहितको हिन्दु अधिराज्य माग गर्दै व्यवस्था फेर्ने आन्दोलन घोषणा गर्न आयोजित समारोह रक्तपात र हिंसामा परिणत भयो । आन्दोलनको एक नेतृत्वकर्ता बनेका प्रसाईँ भने भागेर भारत पुगे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतमा लुकिछिपि रहेकै अवस्थामै सरकारले अनुकुलको मुद्दा जोडेर प्रसाईंलाई उक्त रक्तपातको मुल नेतृत्वकर्ता बनायो । राज्य  विरुद्धको कसुर देखि तीनकुनेमा भएको हिंसा, आगजनी र तोडफोड, आन्दोलनमा प्रहरबाट मारिएका व्यक्ति देखि घाइते प्रहरी सबैको अपजसको भारी दुर्गामाथि बोकाइयो । 

Ncell
Extreme Energy

भागेर भारत पुगेका प्रसाईंलाई समात्न नसकेको प्रहरीले उनको परिवारका सदस्यमाथि पनि आरोप लगाएर पक्राउ पुर्जी जारी ग¥यो भने उनको सबै व्यवसायको बैङ्क खाता र कारोबार रोक्का गरेर दबाब बनायो । 

सबैतिरबाट च्यापिएका दुर्गा अन्तत कुनै उपाय नलागेपछि प्रहरीलाई पहिल्यै जानकारी गराएर चैत २८ गते नेपाल फर्किए । गृह जिल्ला समेत रहेको झापाको नेपाल भारत सिमाना काँकडभिट्टाबाट उनी प्रहरी हिरासतमा पुगे । 

तीनकुने घटनामा उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका  लागि थुनामा पठाउने आदेश ग¥यो । झण्डै चार महिना डिल्लीबजार कारागारमा बसेका प्रसाईं जिल्लाको  आदेश विरुद्ध उच्च अदालत गए । इबैकिङ कसुर देखि तीनकुने घटनाको आधा दर्जन मुद्दाका विरुद्ध उच्च पुगेका उनलाई २८ लाख धरौटीमा रिहा गर्न आदेश भयो । त्यसपछि उनी १९ साउनमा कारागार मुक्त भए ।

कारागारबाट बाहिरिए लगत्तै उनी पुनःः राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । राजासहितको हिन्दुराष्ट्र नेपाल निर्माण गर्न घोषित रुपमा दल खोलेर राजनीतिमा आउने प्रसाईंले दाबी गरे ।

यही पृष्ठभूमिमा सिधाकुराले दुर्गा प्रसाईंसँग तीनकुने घटना देखि पूर्वराजा ज्ञानेन्द्र शाहसँगको सम्बन्ध, कारागार बसाइ, नयाँ दल खोल्ने घोषणा र अहिलेको सरकारबारे प्रसाईंको बुझाई  लगायतका विषयमा कुराकानी गरेको छ । सिधाकुराका लागि युवाराज कँडेलले प्रसाईंसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।